
Rgp1
pku
Srbpu
Rgp
Pbu
Lnp
Unsku
Ggp
Sgr

Bbu
Rgu
Sls
Bbbpu
Sbs
Tsm
Hal
Vor
Rgs
Rgu
Gst
Pvg
nsb
Ssm
Wsp
Ksm
Ggd
Asm
Rsb

Rpp
bbt
Ptm
Bml
Rmb
Abd
Jmb
Syp
Pls
Mks
sab
Jmb
Gsb
कपिलवस्तु । मानब बेचबिखन विरुद्ध कृयाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।
संस्थाले सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा पर्न सक्ने महिला तथा किशोरीहरुलाई सुचना प्रबाह गरि सचेत गराउने र जोखिममा रहेका महिला तथा किशोरीहरुलाई उद्धार गरि पुनर्स्थापना गर्ने लगाएतका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै सन्दर्भमा सस्थाले बिगत २ बर्षमा गरेका सम्पुर्ण गतिविधिहरुको परियोजना समिक्षा गरेको छ । उक्त कार्यक्रम नगरपालिकाको सभाहलमा राखिएको थियो।
कार्यक्रम आफन्त नेपाल केन्द्रीय कार्यलयबाट आउनु भएको स्वस्तिक अर्यालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा नगरपालिकाका मेयर रजत प्रताप शाहको रहेको थियो । कार्यक्रमा बिशिस्ट अतिथि उपमेयर आरती देवी चौधरी,ससस्त्र प्रहरी बल कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइराला,ईलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक लक्ष्मण ओली,अस्थाई प्रहरी चौकी लिंकगेटका प्रहरी नायब निरीक्षक धरमबहादुर खड्का,कृष्णनगर भन्सार कार्यलयका प्रमुख बासुदेव नेपाल,कृष्णनगर ट्राफिक प्रहरीका प्रमुख रन बहादुर भट्ट क्षेत्री,कृष्णनगर नगरपालिका पूर्व वडा अध्यक्ष संजय गुप्ता,उद्योग बाणिज्य संघ प्रतिनिधि पंकज गुप्ता,पर्यटन तथा होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष कमल जिसी,आफन्त नेपालद्वारा गठन गरिएको श्री चेली कृषि सहकारी संस्थाकी अध्यक्ष अरुणा श्रेष्ठ लगायत मानव बेचबिखविरूद्ध काम गर्ने बिभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो।
कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार विरुद्धमा बिभिन्न तहबाट सहायता पुर्याउनु हुने सम्पूर्ण सहयोगी दाताहरुलाई सम्मान तथा मायाको चिनो प्रदान नगर प्रमुख रजत प्रताप शाहले वितरण गर्नु भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा आफन्त नेपालकै कारण समुदाय मा धेरै प्रभाव भएको र धेरै दिदि बैनीहरु बोल्न सक्ने र हिंसा विरुद्ध आवाज निकाल्न सक्ने भएको जिकिर चेली कृषि सहकारि बाट आउने सुशीला दर्लामीले बताउनु भयो,त्यस्तै महिला नेतृ मिना परियारले आफन्त नेपालले जोखिममा रहेका र परेका महिला तथा किशोरीहरुको जिबन रुपान्तरणमा जुन किसिमले काम गरेको छ त्यो जति प्रसंशा गरे पनि नपुग्ने बिचार ब्यक्त गर्नु भयो ।
मन्तब्य कै क्रमामा ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख लक्ष्मण ओलीले मानव बेचबिखन जस्तो जघन्य अपराध लाई न्यूनीकरण गर्नु पर्ने र यस्ता कार्य बाट उद्धार गरि उनिहरुको जिबन रुपान्तरण गर्नु यो जस्तो मानवीय पुन्य काम केहि हुन नसक्ने बताउनु भयो । नगर प्रमुखले यस बिषयलाई स्थानीय सरकारले कसरि सहायता गर्न सक्छ हामी सधै तपाईं हरुको साथ र सहयोग गर्न तयार छौं भनि प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा आफन्त नेपालले २ बर्षमा भएका आर्थिक आयब्ययलाई समेत प्रस्तुत गरेको थियो जसमा आफन्त नेपाले गर्दै आएको काममा सबैले साथ र सहयोग दिदै आएको र सस्थाले विशेष उद्धार गरिएका चेलीहरुको जीबनमा गरेको कामको प्रसंशा सबै सहभागीले गरेका थिए ।
कार्यक्रममा आफन्त नेपालको वार्षिक प्रगती विवरण आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन आफन्त नेपालकी क्षेत्रीय संयोजक उषा गुरुङले गर्नु भएको थियो । 
