
Ggp
Pbu
Unsku
Rgp
Sgr
pku
Lnp
Srbpu
Rgp1

Gst
Tsm
Rgu
Rgu
Asm
Bbbpu
Ssm
Ksm
Rsb
Ggd
Pvg
Rgs
Sls
Sbs
Bbu
nsb
Wsp
Hal
Vor

Ptm
Mks
Rmb
Jmb
sab
Gsb
Jmb
Rpp
Pls
Syp
Bml
Abd
bbt
दाङ । देउखुरीको राजपुरपालिकाले पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यले तरकारी कृषकहरूलाई बेमौसमी तरकारी बालीका लागि उन्नत तथा हाईब्रिड जातका बिउ वितरण गरेको छ।
कृषकहरूको मागका आधारमा पालिकाको कृषि शाखाले नि:शुल्क रुपमा भिन्डी,करेला,बोडि,सिमि , काक्रा लगायतका तरकारीका बिउ वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख रिता भण्डारीले बताउनु भयो । पालिकाले वडा नम्बर १,२ र ५ गरि प्रतेक वडामा १३५ जनाका दरले ४०५ जना तरकारी कृषकहरुलाई उन्नत जातको बीउ बितरण गरेको हो ।
बिउ वितरण गर्दै गाउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले व्यवसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूलाई गाउपालिकाले सहयोग गर्ने बताउँदै उत्पादन वृद्धि गर्न र कृषकहरूलाई व्यवसायिक बन्न आग्रह गर्नु भएको छ ।
तेस्तै गाउपालिकाकि उपाध्यक्ष धनपती देबि यादबले पालिकाले कृषकमुखी कार्यक्रम सञ्चालन गरेको बताउँदै व्यवसायिक र बेमौसमी तरकारी उत्पादनमा लाग्न सबै कृषकहरूलाई आग्रह गर्नु भयो । स्थानिय रुपमा उत्पादन भएका तरकारीको बजारीकरणका लागि प्रतेक हप्ताको शुक्रबारका दिन पालिकाले सबै वडालाई पाई पर्ने गरि वडा नम्बर ५ को जंग्रहवामा हाटबजार समेत संचालन गर्दै आएको छ ।
