
Rgp1
Sgr
Lnp
Srbpu
pku
Unsku
Ggp
Rgp
Pbu

Sls
Tsm
Bbu
Rgu
Rsb
Bbbpu
Gst
Asm
Pvg
Ggd
Rgu
Vor
Hal
nsb
Rgs
Wsp
Ssm
Ksm
Sbs

Rmb
Pls
Rpp
Jmb
Abd
bbt
Syp
Gsb
Jmb
Mks
Bml
sab
Ptm
दाङ । देउखुरीमा सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरुको पकेट मार्ने पाँच जनालाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको छ ।
संगठित रुपमा पकेट मार्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएर चोरी मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।
राप्ती गाउँपालिका वडा नम्बर ३ वसन्तपुर निवासी ३६ वर्षीय भावना मरासिनी लमही आउने क्रममा बसमा सवार पाँच जना व्यक्तिले झोलाभित्र रहेको पर्स र पर्सभित्र रहेको ८ हजार ५ सय १० रुपैयाँ चोरी गरेका थिए। तर, बसबाट ओर्लिएपछि मात्रै मरासिनीले चोरी भएको थाहा पाएकी थिइन्।
त्यस्तै उनले प्रहरीमा उजुरी गरेपछि ती ५ जना व्यक्तिलाई लमही–गढवा सडक खण्डबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो । सैनामैना– ३ मुर्गियाका ६७ वर्षीय प्रेम कामी, तुलसीपुर– ४ खर्बुवाका ४० वर्षीय रमेश नेपाली, भारतको सिद्धार्थनगरका ५३ वर्षीय अबु फैजल, तुलसीपुर– ७ झुमरेका ४० वर्षीय एकबहादुर नेपाली र सोही ठाउँका २४ वर्षीय अनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी उनीहरुको साथबाट पकेट मार्न प्रयोग गरिएको ब्लेड, स्क्रु–डाइभर, चोरी गरेको नगद रकम बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरु लामो समयदेखि बुटवल, कृष्णनगर, गोरुसिंगे, भैरहवा, चन्द्रौटा, भारतको बडनी लगायतका स्थानमा मिलिजुली चोरी गर्दै आएको प्रहरीले जनाएको छ।
