
pku
Lnp
Rgp1
Ggp
Srbpu
Unsku
Rgp
Pbu
Sgr

nsb
Asm
Rgs
Hal
Rgu
Ssm
Rgu
Sls
Sbs
Ksm
Rsb
Vor
Pvg
Gst
Bbu
Bbbpu
Wsp
Tsm
Ggd

bbt
Bml
Syp
Ptm
Gsb
Rpp
Jmb
Abd
sab
Pls
Jmb
Rmb
Mks
दाङ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले दाङको राप्ती गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई नगद तथा नयाँ साइकल वितरण गरेको छ ।
राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा सँगकाे समन्वयमा संस्थाले साेमबार सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा एक कार्यक्रमकाे आयोजना पालिकाकाे विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यनरत १४ जना गरिब, विपन्न तथा दलित विद्यार्थीलाई नगद र विद्यालय देखि टाढा घर भएका १५ जना विद्यार्थीहरु नयाँ साइकल वितरण गरेको छ।
त्यस्तै संस्थाले क्याम्पस तहमा अध्यनरत ८ विद्यार्थीलाई प्रति विद्यार्थी ९ हजार र माध्यमिक तह अध्यनरत ६ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी ६ हजारका दरले १ लाख ८ हजार रुपैयाँ वितरण गरिएको संस्थाकी विद्यार्थी संयाेजक दिपा चाैधरीले जानकारी दिनु भएको छ। संस्थाले विद्यालयदेखि टाढा घर भएका १५ जना विद्यार्थीहरु १ लाख २९ हजार बराबरको नयाँ साईकल समेत वितरण गरेको छ।
विपन्न विद्यार्थीलाई अध्यन कार्यमा सहयोग गर्दै पढाइप्रति थप आकर्षित गर्ने उदेश्यले उक्त नगद तथा नयाँ साइकल वितरण गरिएको संस्थाकी महिला शसक्तिकरण संयाेजक सरिता चाैधरीले जानकारी दिनुभयो।
यस्तै उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,शिक्षा, युवा तथा खेलकुद प्रमुख विश्वास विक ,सर्वाेदय माविका प्रधानाध्यापक गाेविन्द केसी ,समाजसेवी जगत प्रसाद पाेख्रेल ,सुरेश चाैधरी,संस्थाकि प्रेसा चाैधरी लगायतको सहभागीता रहेको थियोे ।
विसं २०६४ सालमा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा विद्यालय भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले जानकारी दिनु भयो ।
