
Srbpu
Rgp
Unsku
Rgp1
Ggp
Lnp
Pbu
pku
Sgr

Asm
Ssm
Vor
Ksm
Wsp
Rgs
Tsm
Pvg
Hal
Rgu
Sbs
nsb
Bbu
Ggd
Gst
Rsb
Rgu
Bbbpu
Sls

Rmb
Bml
Abd
Rpp
Jmb
sab
Pls
Syp
bbt
Mks
Jmb
Ptm
Gsb
काठमाडौं । बालकुमारी घटनाको मृतक परिवार र सरकारबीच ४ बुँदे सहमति भएको छ ।
सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमतिपत्रमा उल्लेख छ ।
त्यस्तै सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ । मृतक वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अनुरोध गर्ने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।
यस्तै मृतकका परिवारले शव बुझ्ने र शबलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले नै गर्ने सहमति भएको छ । सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा सांसदहरुको रोहबरमा सरकारको तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकको परिवारका तर्फबाट वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह,सुजनका मामा टेकबहादुर कटुवालले सहमपित्रमा हस्ताक्षर गरेका छन् ।
यहीँ १३ पुसमा ललितपुरको बालकुमारी स्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ समिति गठन गरिसकेको छ । मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रुपैयाँ दिने निर्णय पनि सरकारले गरिसकेको छ ।
