
Unsku
Rgp1
Sgr
pku
Ggp
Lnp
Rgp
Pbu
Srbpu

Sbs
Rgs
Hal
Wsp
Tsm
Ssm
Rsb
Pvg
Ggd
Sls
Rgu
Gst
Rgu
nsb
Asm
Ksm
Vor
Bbu
Bbbpu

Gsb
Mks
bbt
Bml
Ptm
Jmb
Abd
Jmb
sab
Syp
Rmb
Rpp
Pls
दाङ । पछिल्लो समयमा सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि आइतबार गढवाको कुलपानीमा स्थानीय सरकार र गढवामा क्रियाशील सहकारीहरु बिच बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। दिनानुदिन सहकारी संस्थाहरुको अवस्था बिग्रदै गएकोले सहकारी संस्थाहरुको समस्या पहिचान गरी समाधानका सहकारी, स्थानीय सरकार र पालिका स्तरीय सहकारी संञ्जाल बिचको समन्वयकारी अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।
गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी र १ नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो । अन्तक्रिया कार्यक्रममा सहकारी संस्थाहरु बाट उठेका जिज्ञाशाहरुको जवाफ गढवा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, १ नम्बर वडाध्यक्ष, सहकारी शाखाका प्रमुख र सहकारी सञ्जालका अध्यक्षले दिनु भएको थियो।
कार्यक्रममा उठेका बिषयबस्तुमाथी बिचार राख्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफुहरु निर्वाचित भएदेखी नै सहकारी संस्थाहरुको समस्या पहिचान गरी समाधानका लागि लागिपरेको बताउनुभयो। सहकारीहरुको मुख्य समस्या संस्थागत शुसाशन भएको बताउदै सहकारीहरुले लगानी कहाँ, कसलाई र कसरी गर्ने भन्ने बिषयमा ठुलो समस्या देखिएको र त्यै लगानी डुबेको बताउनुभयो। बिना उद्देश्यले लगानी गर्दा सहकारीको लगावी डुबेको बताउदै कृषक लाई बाख्रा पालन, भैसी पालन वा तरकारी खेती भनेर लगानी गर्ने तर कृषक संग नत भैसी छ, नत बाख्रा छ नत तरकारी खेती गरेको छ यसरी लगानी गर्दा लगानी डुबेको धेरै उदाहरणहरु देखिन्छन् । सहकारीको सिद्धान्तमा समन्वय भएकोले जव सम्म सहकारीका सञ्चालक, शेयर सदस्यहरु एक आपसमा समन्वय हुदै तब सम्म सहकारी चलाउन सकिदैन अध्यक्ष पोख्रेलले भन्नुभयो।
त्यसैगरी कार्यक्रम बिचार राख्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बार्षिक कार्य योजनमा ऋण असुलिको योजना पनि बनाउनु पर्ने बताउनुभयो । सहकारी व्यवस्थापन गर्न पालीका सदैव तयार रहेको बताउदै सहकारी सम्बन्धी, ऐन कानुन र कार्यबिधि बनाउन पर्ने बताउदै सहकारी संस्थामा कार्यरत कर्मचारीहरुलाई नियुक्तिपत्र दिनु पर्ने साथै आवश्यकता अनुसार सहकारी संस्थाहरुको अनुगमन गर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रम बोल्दै १ नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारीले निति नियम अनुसार सहकारी सञ्चालन गरे कुनै समस्या नहुने बताउनु भयो । सहकारी दुरुस्त बनाउन मर्ज हुने अथवा अन्य बिकल्प खोज्नु पर्ने अवस्था सिर्जना भएको बताउनुभयो।
त्यसैगरी अन्तक्रिया कार्यक्रममा उठेका बिषयबस्तु माथी बिचार राख्दै सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले कर्जा प्रणाली ब्यवस्थीत गर्न सहकारीहरु समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । एक सहकारीले अरको सहकारी संग सहकार्य नगरेकोले थप समस्या भएको बताउदै सहकारीको नियम, नियमन र कार्यबिधि आवश्यक रहेको बताउनुभयो। ऋण असुली स्थानीय सरकार बाट नभई ऋण दिने सहकारी स्वयंले गर्नु पर्ने बताउदै सहकारीको सात सिद्धान्त भन्दा बाहिर गए समस्या हुने बताउनु भयो । सहकारी सदस्यहरुको दोहोरापना सहकारी संस्थाहरुमा आफु खुसी आउन जान पाउने प्रावधान रहेको बताउदै सहकारी सदस्यहरु लाई संस्थाको बारेमा जानकारी गराउनु पर्ने बताउनुभयो । सहकारी सञ्जाल, सहकारी शाखा मिलेर ऋण असुल बारे समन्वय गर्न सकिने तर पालिका र सहकारी शाखा घरघरमा गएर ऋण असुल्न नसकिने स्पष्ट पार्नु भयो।
अन्तक्रिया कार्यक्रममा चुरे बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष हेमन्त चौधरी, गौधुसी बचत तथा ऋण सहकारी संस्थाका भानु यादव, सालझुण्डी कृषि सहकारी संस्थाका अध्यक्ष भगौती प्रसाद यादव,धानखोला कृषि सहकारी संस्थाका लिमिटेडका उपाध्यक्ष रिमा पुरी,परी कृषि सहकारी संस्था लिमिटेड गढवाको अध्यक्ष दामोदर ढुङगाना, गंगा कृषि सहकारी संस्थाका अध्यक्ष ऋषिराज अधिकारी,समान कृषि सहकारी संस्था लिमिटेड पचहियाका अध्यक्ष उदयराम बर्मा,आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष ओम प्रकाश बसेल लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको बोल्ने बक्ताहरुले सहकारी ब्यरोजगारी नै सहकारी डुबानको मुख्य कारण भएको बताएका छन्। स्थानीय सरकार, सहकारी शाखाबाट प्रत्येक समयमा अनुगमन गर्नु पर्ने बताए। सहकारीको पैसा असुली गर्न स्थानीय सरकारको सहयोग समेत आवश्यक रहेको बताए। हाल गढवा गाउँपालिकामा बिभिन्न सहकारी हरु गरी कुल ५१ मध्ये ४६ क्रियाशील सहकारी क्रियाशील रहेका छन्।
त्यस्तै अन्तक्रिया कार्यक्रममा सञ्जालकी उपाध्यक्ष कमला आचार्यको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सञ्जालका सचिव देव किशोर चौधरीले गर्नु भएको थियो ।

