
Rgp
Srbpu
Rgp1
Sgr
Lnp
Ggp
Pbu
pku
Unsku

Bbbpu
Rgu
Rsb
Tsm
Ggd
Rgs
Hal
nsb
Wsp
Rgu
Sbs
Asm
Bbu
Sls
Gst
Ssm
Ksm
Vor
Pvg

Jmb
Mks
Abd
Jmb
Pls
Rpp
bbt
Syp
Rmb
Bml
sab
Ptm
Gsb
दाङ । देउखुरीको लमहीमा बिरामी चेकअपको नाममा रकम असुली गरेको पाईएको छ ।
रकम असुल्न अनाबस्यक चेकअप गरेको पाईएको हो । सामान्य बिरामी उपचारमा जाँदा अनाबस्यक चेक गरिदिँदा बिरामी महँगोमा परेका हुन । एसरी अनाबस्यक चेकजाँच गरि रकम असुल्ने क्लिनिक हो लमही स्थित ‘लमही मेडिटेक पोलिक्लिनिक प्राली’ ।
लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी करिब ४५ बर्षिय मेघबहादुर कुमाल सामान्य चेकजाँचका निम्ति बिहिवार लमहीकै सरुमा अस्पताल प्रालीमा गए । उनले चिकित्सकसँग आफ्नो समस्या ‘घाँटी र पेट दुखिरहेको’ बताए । सरुमाका चिकित्सकले घाँटीमा केही अड्किएको होकि! भन्ने शँकाले ‘ईन्डोस्कोपी’ गर्न सम्झाए । सोही अनुरुप चिकित्सकको सल्लाहमा कुमाल आँखा अस्पताल रातोडाँडा गए । त्यँहापनि ईन्डोस्कोपी मेसिन बिग्रिएको र चिकित्सकको सल्लाहमा उनी लमही मेडिटेक पोलिक्लिनिकमा ठोक्किन पुगे ।
त्यहाँ ईन्डोस्कोपी चेकजाँच सँगै चिकित्सिकले आफ्नै सुरमा अन्य चेकजाँच गर्न लगाए । गाउँका सामान्य ब्यक्तिले चिकित्सकको कुरा काट्नपनि सकेनन् । चिकित्सकको सल्लाह कुमालले मान्दै गए । चिकित्सकले रगत सँगै हेपाटाईटिस ‘बि’, कोभिड-१९, एचआईभी सम्मका चेकजाँच तथा एक्सरेसम्म गर्न भ्याए । कुमालले चिकित्सिकले आफ्नो अनाबस्यक १३ किसिमका विभिन्न चेकजाँच गरिदिएको जानकारी दिए । बिल भुक्तानीका क्रममा चेकजाँच र औषधीको १२ हजार १ सय २९ रुपैया हुनपुग्यो । सामान्य मजदुरी गरि खाने कुमाल सामान्य चेकजाँचका लागि महँगोमा परे ।
उनले ७ हजार ५ सय बुझाए र अरु रकम नभएको जानकारी दिए । पोलिक्लिनिकका सँचालक तथा स्टापहरुले सबै पैशा दिनुपर्ने भन्दै यातना दिएको कुमाल बताउछन । उनलाई ३ घण्टासम्म यातना दिएर बाहिर निस्कन समेत नदिएको गुणासो गरे । “म नजिककै मान्छे हो, पछि आएर बाँकि रकम दिन्छु भन्दापनि मलाई छुटकारा दिएनन् कुमालले भने-सबै रकम दिनैपर्छ भन्दै ३ घण्टासम्म यातनामा राखे । “छुटकारा नपाउने भएपछि कुमालले आफ्ना नजिकका स्थानियलाई खबर पुराए । लगत्तै उनका नजिकका ब्यक्ती सनम कुमार पौडेल आएर बाँकी रकम बुझाए अनि कुमाललाई लिएर गए । बिरामीलाई बन्धक जस्तै गरेर राखेको सनम कुमार पौडेल बताउछन । “म त्यहाँ जाँदा बन्धक जस्तै कोठामा राखेको पाए पौडेलले भने-अनाबस्यक चेकजाँच गरेर सामान्य मान्छेलाई फसाएछन ।” उनका अनुसार बिल हेर्दा अनाबस्यक चेकजाँच गरिएको पाईयो । पोलिक्लिनिकले ब्रम्हलुट मचाएको भन्दै पौडेलले लमही नगरपालिकामा शुक्रबार “कारबाही गरिपाउँ” भनी निबेदन दिएको दिएका छन ।
यस बिषयमा लमही मेडिटेक पोलिक्लिनिक प्रालीका चिकित्सक सुनिल केसीलाई बुझ्न खोज्दा उनी बोल्न चाहेनन् । ब्यस्त रहेको भन्दै फोन काटिदिए । लगत्तै शुक्रबार सोही क्लिनिक सहित लमहीका अन्य २ वटा अस्पतालमा लमही नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा र स्वास्थ्य शाखा, देउखुरी उद्योग बाणिज्य संघ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय, औषधी ब्यबसायी सँघ दाङ, पत्रकार लगायतको टिमले अनुगमन गरेको छ । त्यस्तै अनुगमनका क्रममा पनि सोही लमही मेडिटेक पोलिक्लिनिक प्रालीमा ५ महिना म्याद गुज्रिएको सलानी ईन्जेक्सन र औषधी फेला परेको छ । जसको बजार मूल्य १ पिसको १३ सय रुपैया पर्न जाने अनुगमन सँयोजक उपभोक्ता हित सँरक्षण शाखाकि प्रमुख लक्ष्मी सुबेदीले बताईन । बिपि पोलिक्लिनिक, अधिकारी दन्त हस्पिटल प्राली र मेडिटेक पोलीक्लिनिकमा अनुगमन गरिएको सँयोजक सुवेदीले बताईन । हाम्रो अनुगमन नियमित अनुगमन हो, हप्तामा एकचोटी अनुगमन गर्छौ सुबेदीले जानकारी दिईन ।

