
Rgp1
pku
Unsku
Sgr
Srbpu
Rgp
Ggp
Pbu
Lnp

Rsb
Wsp
Ssm
Sls
Sbs
Asm
Rgs
Rgu
Bbbpu
Gst
Ggd
Ksm
Pvg
Hal
nsb
Vor
Tsm
Rgu
Bbu

Syp
sab
Gsb
Rpp
Pls
Abd
Jmb
Ptm
Jmb
Bml
Rmb
Mks
bbt
काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको ज्यान गएको छ ।
शुक्रवार आज ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले बताउनु भयो । उहाँले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा ज्यान गएको बताउनु भयो ।
त्यस्तै यस अघि प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै गाडीमा आगजनी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए भने लगत्तै गाडीमा सवार मन्त्री लगायतलाई झारेर उक्त गाडीमा आगजनी समेत गरेका थिए ।
