
Ggp
pku
Sgr
Rgp
Lnp
Pbu
Rgp1
Unsku
Srbpu

Ggd
Ksm
Vor
Ssm
Sbs
Wsp
Pvg
Bbbpu
Asm
Rgs
Sls
nsb
Bbu
Tsm
Hal
Rsb
Rgu
Rgu
Gst

Bml
bbt
Ptm
Syp
Gsb
sab
Mks
Rpp
Abd
Rmb
Jmb
Jmb
Pls
दाङ । तुलसीपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ शारदा टोलका ३५ बर्षीय टंकबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
बिहीबार बेलुका ८ बजेतिर घरको छतबाट खसेका वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । तुलसीपुरमा सामान्य उपचारपछि वलीलाई थप उपचारको कोहलपुर मेडिकल कलेजमा लैजादै गर्दा बाटोमा आज बिहान २ बजे मृत्यु भएको प्रहरी निरीक्षक मल्लले जानकारी दिनु भयो । प्रहरीले मानसिक रोगी वलीले आफ्नै घरको २ तला माथि छतबाट हाम फालेको हुन सक्ने अनुमान गरेको छ ।
त्यस्तै मानसिक रोगी वलीलाई घर परिवारले सम्बन्धित अस्पताल पुर्याएर औषधी उपचार गर्नुको सट्टा धामी झाँर्की कहाँ लगेर झारफुक मात्रै गराउँदै आएको कुरा अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक वलीको शव पोष्टमार्टम पश्चात् उनको श्रीमती पुतली वलीले बुझेको प्रवक्ता मल्लले जानकारी दिनु भयो ।
