
Lnp
Sgr
Pbu
Srbpu
pku
Rgp1
Rgp
Unsku
Ggp

Ksm
Vor
Rgu
Ssm
Ggd
Sls
Hal
Pvg
Asm
Rsb
nsb
Wsp
Rgu
Tsm
Sbs
Bbu
Rgs
Gst
Bbbpu

Ptm
Abd
Mks
sab
Syp
Bml
Jmb
Gsb
Jmb
Pls
bbt
Rpp
Rmb
दाङ । दुर्गा मन्दिरको समग्र भौतिक पुर्वाधार निर्माणार्थ मन्दिर ब्यवस्थापन समितिद्वारा बुधवारदेखि गढवा-७ चन्दनपुरको गुरुङ्खोला तटमा श्रीमद भागवत महापुराण धनधान्यान्चल सप्ताह ज्ञान महाय आरम्भ भएको छ ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष उमाकान्त डाँगीको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका साम्सद अनुराग खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै साम्सद खड्काले देशमा हिन्दु धर्म संस्कारलाई ओझेल पार्ने कृयाकलाप भै रहेको भन्दै धर्म संसकृतिलाइ संरक्षण गर्न आवयक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले ३ देखि ५ लाख सम्म महायज्ञलाई सहयोग गर्ने बताउनु भयो ।
महायज्ञका प्रमुख बाचक पण्डित परसुराम पाण्डेय र उप-बाचक पुरुषोत्तम भट्टराई रहनु भएको छ । महायज्ञ पौष १८ सम्म संचालन गरिने आयोजकले बताएको छ । उद्घाटन सुरु हुनु अघि हजारौको संख्यामा गाउँलेहरुको कलश शोभायात्रा भएको थियो। यज्ञमण्डपबाट आरम्भ भएको कलश शोभायात्राले राप्ती नदीबाट जल ल्याइ पुरै गाउँ परिक्रमा गरि मण्डपमा पुगेर उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा अनुराग खड्का सहित गढवा ७ का वडा अध्यक्ष राहुलदेव चौधरी र प्रमुख कथाबाचक पण्डित परशुराम पाण्डेय लगायतले बोल्नु भएको थियो । गुरुङखोलाको तट ,चन्दनपुरको भुमीमा श्रीमद्भागवत ८२ बर्ष पछि मात्र आयोजना भएको एक ८७ बर्षिय जेष्ठ नागरिकले बताउनु भयो । समाजसेवी शिक्षाप्रेमि खड्कबहादुर केसिको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण पत्रकार भानु जोसिले गर्नु भएको थियो ।
त्यस्तै महायज्ञ उद्घाटन कार्यक्रममा वेस्ट हस्पिटल प्राली नेपालगन्ज्का सन्चालक डा बिनोद कुमार थापा= १ लाख १ हजार,पृथ्वी नारायण चौधरीले ५ हजार दान प्रदान गर्नु भएको छ ।

