
Lnp
Sgr
Ggp
Srbpu
Unsku
Rgp
Rgp1
pku
Pbu

Pvg
Rgs
Asm
Vor
Rgu
Rgu
Wsp
Bbu
Tsm
nsb
Gst
Ssm
Sls
Hal
Bbbpu
Sbs
Rsb
Ksm
Ggd

Ptm
Rpp
bbt
sab
Mks
Bml
Abd
Pls
Gsb
Syp
Rmb
Jmb
Jmb
काठमाडौँ । चितवनका दुई नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।
भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार,अकबर राइन,नइम अकतर,कौसर अली,सदाब सइम र ईरसाद शेख रहेका छन् ।
त्यस्तै उनका अनुसार गत पुस ५ गते थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए । तर पुस ७ गते बेलुका एकाएक थापाले आफ्नो फेसबुक मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ माग भएको भन्दै जानकारी गराएका थिए ।
यस्तै सो सूचना प्रहरी कार्यालय भरतपुरका साथै जिल्ला प्रहरी कार्यालय बारामा पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गरेकामा पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले अपहरणमा परेका थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरेको गिरीले बताइन् ।
त्यस्तै भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ । यसैगरी पीडितहरुलाई प्रहरीले नेपाल ल्याएर आफ्ना आफन्तको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।
