
Ggp
Lnp
Sgr
Srbpu
Rgp1
Pbu
Rgp
Unsku
pku

Asm
Sbs
Vor
Ksm
Hal
Ssm
Rgu
Sls
Bbbpu
Rsb
Gst
Rgu
Tsm
Pvg
nsb
Bbu
Rgs
Wsp
Ggd

Gsb
Rpp
Mks
bbt
Jmb
Abd
sab
Syp
Rmb
Ptm
Jmb
Bml
Pls
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३ वटा उद्योगको बिजुली लाइन काटिदिएपछि उद्योगमा कार्यरत मजदुरहरुले रोजगारी संकटमा परेको बताएका छन् ।
त्यस्तै उनीहरुले आज विरोध प्रदर्शन गर्दै इलाका प्रशासन कार्यालय सिमरामा ध्यानाकर्षण पत्र बुझाउँदै ६ हजारभन्दा बढी मजदुरहरुको रोजगारीमा प्रत्यक्ष असर परेको बताएका हुन् ।
यस्तै ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीमार्फत् नेपाल विद्युत प्राधिकरणलाई बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाल विद्युत प्राधिकरणले एक्कासी विद्युत लाइन काटेपछि रोजगार दाताहरुबाट उद्योगमा श्रमिकहरु कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराएको हुँदा ती प्रतिष्ठानहरुमा कार्यरत ६ हजारभन्दा बढी श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर पर्न गएको व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’
‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत् प्राधिकरणले कतिपय उद्योगको बिजुलीको लाइन काट्न थालेपछि सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप चलेको छ । नेपाल विद्युत प्राधिकरणले बारा जिल्लास्थित जगदम्बा स्टिल्स, त्रिवेणी स्पेनिङ मिल्स, हुलास स्टिल, अशोक स्टिलसहितका उद्योगहरुमा पुस ७ गते बिजुली काटेको थियो । त्यसको विरोधमा मजदुरहरुले कालो ब्यानर र प्लेकार्डसहित बुधबार प्रदर्शन गरे । उनीहरु जुलुससहित इलाका प्रशासन कार्यालय सिमरामा पुगेर ध्यानाकर्षण पत्र बुझाए ।
त्यस्तै उनीहरुले रोजगारीको ग्यारेन्टी गर, श्रमिकको अधिकार सुनिश्चित गर, बन्द उद्योग खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । अहिले जगदम्बा स्टिलमा करिव ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव एक हजार ५ सय मजदुरहरु कार्यरत रहेका छन् ।
यस्तै बिजुली काटिएपछि उद्योग बन्द भएको र रोजीरोटी संकटमा परेको मजदुरहरुको भनाइ छ । उनीहरुले उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरु परेको गुनासो समेत गरेका छन् ।
