
pku
Rgp
Sgr
Srbpu
Lnp
Unsku
Pbu
Ggp
Rgp1

Rgs
Bbbpu
nsb
Asm
Sls
Ssm
Pvg
Tsm
Rgu
Rgu
Gst
Vor
Sbs
Ggd
Rsb
Hal
Bbu
Ksm
Wsp

bbt
Jmb
Bml
Rmb
Gsb
Jmb
sab
Ptm
Abd
Pls
Mks
Syp
Rpp
बारा । बारा जिल्लाको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गएराती गोली प्रहार गरी पक्राउ गरेको छ ।
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनु भयो ।
त्यस्तै पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् । दुबै खुट्टामा गोली लागेर घाइते भएका सिंहको अहिले उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको जनाइएको छ ।
गत कार्तिक महिनाको १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए । डिएसपी न्यौपानेका अनुसार सिंहसहित ४ जनाको जनाको समूह नेपाल आएको सूचनाका आधारमा प्रहरीले पछ्याएको थियो । प्रहरीले देखेर भाग्न थालेपछि सिंहलाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको डिएसपी न्यौपानेले बताउनु भयो ।
यस्तै प्रिन्सिपल स्वर्णाकारको हत्यामा आठ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ । उनको हत्या आरोपमा यसअघि बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ बस्ने राधा गुप्ता, जाबेर अख्तर,चन्दन यादव,रियाज अन्सारी र अभिनव कुमार सिंह अहिले प्रहरी हिरासतमा रहेका छन् ।
