
Unsku
Lnp
Rgp
Ggp
Pbu
pku
Rgp1
Sgr
Srbpu

Rgu
Asm
Gst
Tsm
Vor
Ksm
Wsp
Pvg
nsb
Sls
Ssm
Bbbpu
Ggd
Hal
Sbs
Rgs
Rgu
Bbu
Rsb

Syp
sab
Jmb
Mks
Abd
Rpp
Bml
Gsb
Pls
Ptm
Rmb
Jmb
bbt
दाङ । पुस ९ गते सोमबार ईसाइ धर्मलम्बीहरुको महान् चार्ड किसमस डे पर्व परेको थियो । किसमस डे पर्वको अवसरमा सरकारले देशभर नै सार्वजनिक बिदा दिएको थियो । यता किसमस डे को अवसरमा दाङ—देउखुरीको राप्ती गाउँपालिका—७, अर्नाहनपुर स्थित सिसहनियाँ सु—समाचार मण्डलीले बिशेष कार्यक्रमको आयोजना समेत गरेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, पत्रकार र सामाजिक अगुवाहरुलाई समेत निमन्त्रणा गरिएको थियो । सोही कार्यक्रमको निमन्त्रणालाई स्वीकार गर्दै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी साइकल चढेर कार्यक्रमस्थल पुग्नु भयो । संधैभरि राप्ती गाउँपालिकाको सरकारी गाडी चढेर घर देखि कार्यालय र कार्यालय देखि कार्यक्रमस्थल तथा अनुगमनमा पुग्ने उपाध्यक्ष चौधरी सोमबार भने साइकल नै चढेर कार्यक्रमस्थलमा पुग्नु भयो ।
उपाध्यक्ष चौधरीको घर राप्ती गाउँपालिका—६, भगवानपुरमा पर्दछ । उहाँ घर देखि कार्यक्रमस्थल अर्नाहनपुर सम्म करिब पाँच किलोमिटरको बाटो साइकल चढेर पुग्नुभयो । कार्यक्रमको बिशिष्ट अतिथीका रुपमा आमन्त्रण गरिएकी उपाध्यक्ष चौधरी साइकल चढेर कार्यक्रमस्थल पुगेको देख्दा आयोजक र कार्यक्रममा उपस्थित अन्य सर्वसाधारण दंङ्ग परे ।
सरकारले सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट अनुमति वा पास लिएर मात्र सरकारी गाडी प्रयोग गर्न पाइने कानुनी व्यवस्था रहेको छ । कार्यालयको कामकाज लगायत महत्वपूणर् प्रयोजनका लागि मात्र सरकारी गाडी प्रयोग गर्न पाइने कानुनी व्यवस्था गरिएको छ । सोही कारण उपाध्यक्ष चौधरीले सार्वजनिक बिदाको दिनको सरकारी गाडी नचढेर साइकल चढ्ने गर्नु भएको छ ।
यदि सरकारी चढ्दै परेमा जिल्ला प्रशासन कार्यालय दाङबाट पास लिएर मात्र चढ्ने गरेको बताउनु हुन्छ ।
यता पछिल्लो समय देशभर जनप्रतिनिधि र कर्मचारीहरुबाट सरकारी गाडीको चरम दुरुपयोग भएको व्यापक समाचार आईरहेकोले आफूले सार्वजनिक बिदाको दिन साइकल चढेर जनताको काम गर्ने अभियानको शुरुवात गरेको बताउनुभयो ।
“देशभर जनप्रतिनिधि र कर्मचारीबाट सरकारी गाडीको दुरूपयोग बढी रहेको समाचारहरु आइरहेका छन्, म पनि एउटा जिम्मेवार जनप्रतिनिधि भएको नाताले सरकारले बनाएको कानुन, नियमको पालन गर्नु मेरो पनि कर्तव्य हो । त्यसैले सरकारी गाडीको दुरुपयोग रोक्न म आफै बाट यो अभियानको शुरुवात गरेको हो ।” उपाध्यक्ष चौधरीले भन्नुभयो । “मलाई साइकल बाहेक अरु सवारी साधान चलाउन पनि आउँदैन, मैले जाने को साइकल चलाउन नै हो । त्यसैले म संग जे सिप छ, त्यही सिपलाई प्रयोग गरेर कार्यक्रमस्थल सम्म पुग्ने र जनताको काममा सघाउने गरेको छु ।” उपाध्यक्ष चौधरीले भन्नुभयो ।
“हरेक असल कामको शुरूवात आफूबाट गर्नु पर्छ भन्ने मान्यताका साथ सरकारी सम्पत्तिको संरक्षण गर्ने प्रमुख दायित्व जनप्रतिनिधिको रहेको भन्दै उपाध्यक्ष चौधरीले बिदाको दिन आफू संग भएको साइकल चढेर कार्यक्रमहरूमा पुग्ने गरेको बताउनु हुन्छ । जनप्रतिनिधि र कर्मचारीहरूबाट देशभर सरकारी गाडीको चरम दुरूपयोग बढेको व्यापक समाचार आईरहेका छन् । सरकारी गाडीको दुरुपयोग रोक्ने दायित्व मेरो पनि हो । त्यसैले म सरकारी गाडीको दुरुपयोग रोक्न मैले साइकल चढेको हो, उपाध्यक्ष चौधरीले भन्नुभयो । उहाँ सार्वजनिक बिदा बाहेकका दिन भने गाउँपालिकाको सरकारी गाडी नै चढ्दै आउनु भएको छ ।
“बिदाको दिन साइकल चढेको देख्दा कसै—कसैले मजाक उडाएपनि आफूलाई केही फरक नपर्ने उहाँले बताउनुभयो । हिजो म जनप्रतिनिधि नहुँदा पनि यही साइकल चढेर विभिन्न कार्यक्रमहरुमा जान्थे । अनि म आफै किसान र किसान कै छोरी, बुहारी भएकोले पनि म साइकल चढेर हिंड्दा मलाई कुनै लाजसरम छैन । किन की मैले कहीँकतै सरकारी सम्पत्तिको दुरुपयोग वा अपचलन गरेको छैन” उपाध्यक्ष चौधरीले भन्नुभयो ।
साइकल चढेर हिड्दै गर्दा केही मानिसहरुले साइकल चढ्ने उपाध्यक्ष भन्छन् । त्यसो भन्दा मलाई खुसी लाग्छ । किन की अहिले देशमा भष्ट्रचार गर्ने भने कै चिल्ला गाडी चढ्नेहरु नै हुन् । म हिजो सुकुमबासी, भूमिहिनहरुको आन्दोलनबाट संघर्ष गरेर आएको महिला हो । हिजो पनि म साइकल चलाएर हिडेको महिला हो । त्यस्तैले मलाई साइकल चलाएर हिड्न के लाज ? उहाँले प्रतिप्रश्न गर्नुभयो ।
यता उपाध्यक्ष चौधरीले सार्वजनिक बिदाको दिन साइकल चढेर जनताको काम गर्न शुरू गरेर उदाहरणीय कार्यको शुरूवात भन्दै राप्तीबासीले प्रशंसा गरेका छन् । उनीहरुले जनप्रतिनिधि गर्ने भने कै यस्तै काम नै हो । जनप्रतिनिधिले नै कानुन उल्ङघन गरेपछि सर्वसाधारण जनताले नगर्ने त कुरै भएन । उपाध्यक्ष चौधरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हो । उहाँ नेकपा एमाले लुम्बिनी प्रदेश लेखा समिती सदस्य समेत रहनु भएको छ । उपाध्यक्ष चौधरी लामो समय देखि भूमिहिन सुकुमबासी आन्दोलनमा समेत योगदान पुर्याउनु भएको छ । उपाध्यक्ष चौधरीले थालनी गरेको यो अभियान अरू जनप्रतिनिधिले पनि सिको गर्ने हो कि ?
