
Rgp1
Pbu
Srbpu
Lnp
Sgr
Ggp
Unsku
pku
Rgp

Sbs
Rsb
Hal
Wsp
Bbu
Ssm
Ksm
Pvg
Gst
Rgs
Asm
Ggd
Sls
Bbbpu
nsb
Vor
Rgu
Rgu
Tsm

Jmb
Jmb
Rpp
Abd
Pls
Mks
Bml
bbt
Gsb
Ptm
sab
Rmb
Syp
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका १ भालुवाङमा शुक्रबारदेखि दुई दिने पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनी प्रदेशको समन्वयमा सो कार्यशाला सुरू भएको हो ।
त्यस्तै लुम्बिनी प्रदेशका २१ वटा स्थानीय सरकार (नगरपालिका/ गाउँपालिका) अन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा / योजना शाखा संग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको परियोजनाले जानकारी दिएको छ ।
कार्यशालामा पर्यटनको विकास ,पर्यटन रणनीति , पर्यटन नीति ,पर्यटन कार्ययोजना तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि आम सञ्चार माध्यमहरुसंगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरिनुका साथै पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकाश गर्न तथा स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा छलफल हुनेछ ।
कार्यशालामा लुम्बिनी प्रदेश अन्तरगत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, कोटहीमाई, रामग्राम , घोराही, लमही, तुलसीपुर, राप्ती, दाङ्ग, बैजनाथ र ठाकुरद्धारा , पुथा उत्तरगंगा, सिंस्ने, रुन्टिगढि, बढैयाताल, स्वर्गद्धारी , झिम्रुक, राजापुर, तिनाउ, रेसुङ्ग, र छत्रदेव नगरपालिका ÷ गाउँ पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा प्रस्तुतिकरण गर्दै पर्यटनका लागि हरेक पालिकाको स्पष्ट नीति र कार्यनीती आवश्यक भएको बताए ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रवद्र्धन , ब्रान्डिङका विषयमा प्रस्तुतिकरण गर्दै आफ्नो स्थानीय तहमा भएका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्दै यसको बजारीकरण गर्नु पर्ने बताए । नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उप प्राध्यापक टि.पि. भुसालले पर्यटन प्रवद्र्धनधनमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख्य गर्दै पर्यटनमा सञ्चारको भूमिका , सामाजिक सञ्जालको प्रयोग र सञ्चार क्षेत्रसङको सहकार्य लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा पर्यटन विभागका अधिकृत प्रयास भट्टराइले विभागले चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशका विभिन्न पालिकामा भइरहको कार्यबारे जानकारी दिँदै पूर्वाधार विकासमा पालिकाहरुसंग भएको सहकार्यबारे प्रकाश पारेका थिए ।
यस्तै उद्योग पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनीका अधिकृत गणेश घिमिरेले प्रदेश पर्यटन मन्त्रालयको पर्यटन योजना लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यशालामा शनिवार सहभागी जन प्रतिनिधि तथा कर्मचारीहरुले आ–आफ्नो पालिकाको पर्यटन नीति, कार्ययोजना निर्माण तथा सञ्चार सहकार्यका विषयमा रणनीति तयार पार्ने तथा त्यसको कार्यान्वयनको खाका तयार पार्नेछन् । कार्यशालामा सहभागीहरुले कार्यशालाबाट आफुहरुले आ–आफ्नो पालिकामा रहेका पर्यटकीय सम्भावनाको कसरी बजारीकरण तथा प्रचारप्रसार गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको बताउँदै अब आफुहरुले पनि सोही अनुरुप पर्यटन रणनीति तयार पार्ने प्रतिक्रिया दिए ।
त्यस्तै परियोजनाले यस अघि कोशी,मधेस,सुदुपश्चिम र कर्णाली प्रदेशमा कार्यशाला सम्पन्न गरिसेकेको छ भने यस पछि गण्डकी र बाग्मतीमा कार्यशाला आयोजना गरिने कार्यक्रम रहेको जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका जीबीकोपार्जन विज्ञ तथा परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले जानकारी दिएका छन् ।
