
Ggp
Pbu
pku
Lnp
Unsku
Rgp
Sgr
Rgp1
Srbpu

Pvg
Vor
nsb
Ggd
Sls
Rgs
Rgu
Rsb
Tsm
Ksm
Ssm
Rgu
Gst
Hal
Bbu
Bbbpu
Asm
Wsp
Sbs

Abd
Gsb
Jmb
Ptm
Syp
Mks
Jmb
Pls
bbt
sab
Rpp
Rmb
Bml
दाङ । मगर र थारुहरुको बृह्त जनसभा कार्यक्रम पुस ७ गते लुम्बिनी प्रदेशको राप्ती उपत्यका मसुरिया सृचौरमा हुने भएको छ । बृहत जनसभा कार्यक्रम हुने बारेमा बिहीबार नेपाल मगर संघले घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
जनसभा कार्यक्रम मगरात लुम्बिनी प्रदेशको आयोजनामा हुन लागेको हो । पहिचान र सामर्थ्यको आधारमा मगरात प्रदेश बनाउने लक्ष्यका रहेको छ भने धर्मनिर्पेक्षेता,संघीय गन्तन्त्र र लोकतान्त्रिक माथीको षड्यन्त्रप्रती खबरदारी गर्दै मगर र थारुको भाषा प्रदेश सरकारी कार्यालयमा कार्यान्वयन गर्ने नै मुख्य बुदा रहेको आयोजकले बताएको छ ।
मगर र थारुहरुको बृहत जनसभा कार्यक्रममा ७ वटै प्रदेशबाट लाखौं मासको साथमा जनसभा हुने जनाइएको छ । जस्मा मगर र थारु मात्र नभएर आदिबासी जनजातिहरुको सहभागीता हुने भएको छ भने जनसभा शान्तिपूर्ण रुपले हुने बताइएको छ । यस्तै उक्त सभामा विभिन्न सस्कृती झल्किने खाल्का झाकी पुर्ब र पश्चिमीबाट र्याली सहित कार्यक्रम स्थल तिर प्रवेश गर्ने छ ।
त्यस्तै जनसभा कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुत चौधरी र बिशिस्ट अतिथि सभामुख तुलाराम घर्ती मगर हुने आयोजकले जनाएको छ । पुस ७ गते हुने जनसभामा सम्पूर्ण मगर र थारुहरुलाई सहभागी हुन समेत आयोजकले अनुरोध गरेको छ ।

