Sidha Patra शुक्रबार, पुष ०६, २०८०

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा सवारी व्यवस्थापन दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ तथा अस्थायी द्वय ट्राफिक पोस्ट लमही र भालुबाङको संयुक्त सहकार्यमा स्वयोत दुर्घटना न्यूनीकरण गर्ने उदेश्यका साथ राजमार्ग लक्ष्यित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

स्थानीय जनप्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत आम नागरिकको उपस्थितमा सम्पन्न भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्ल,अस्थायी ट्राफिक पोस्ट लमहीका प्रमुख बिष्णु न्यौपानेले ट्राफिक नियमको बारेमा जानकारी दिनु भएको थियो ।

त्यस्तै उक्त सचेतना कार्यक्रममा दुर्घटना न्यूनीकरण गर्नका लागि सबैले ट्राफिक नियमको पालना गर्नुपर्ने र यदि गरिएन भने यसबाट ठुलो जन,धनको क्षति बेहोर्नुपर्ने जिल्ला प्रमुख मल्लले बताउनु भयो ।

यस्तै यस अघि राजपुरमा पनि कार्यक्रम सम्पन्न भएको छ भने जिल्ला भर विभिन्न स्थानमा ट्राफिक सचेतना कार्यक्रम संचालन गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]