
Lnp
Sgr
Ggp
Rgp
Srbpu
pku
Unsku
Rgp1
Pbu

Ggd
Rsb
Rgs
Pvg
Sbs
Vor
Bbbpu
nsb
Ksm
Ssm
Hal
Rgu
Rgu
Bbu
Gst
Wsp
Tsm
Asm
Sls

sab
Ptm
Abd
Mks
Jmb
Rpp
Syp
Jmb
Rmb
Pls
bbt
Bml
Gsb
दाङ । देउखुरीको गढवा गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा बिहिवार सम्पन्न भएको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशाशकिय अधिकृत अम्मर राज शर्मा,वडाध्यक्षहरु १ नम्बर वडादेखि क्रमशःबाबुराम अधिकारी,भक्तु चौधरी, तुल्सी राम अधिकारी, हरिभगत चौधरी,लेख बहादुर थापा,विर बहादुर आले मगर, कार्यपालिका सदस्य,वडासदस्य,स्थानिय समाजसेवी,वुद्धिजीवि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,सरोकारवाला, महिला समूह,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
गाँउपालिकाले श्रावण देखि कार्तिक महिनासम्म गरेको कामको वारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानिय समुदायले गाँउपालिकाका काम कारवाही र गुनासोको वारेमा प्रश्न राखेका राख्नु भएको थियो । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायवाट विषयगत प्रमुखवाट दिईएको थियो । जवाफदेहिताको भुमिकामा रहनुभएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञाशा तथा सवालहरुको जवाफ दिदै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकाको सेवा प्रवाह र कार्य चुस्ततालाई थप प्रभावकारी बनाउनाफु निरन्तर लागेको बताउनुभयो ।
नदीजन्य पदार्थको चोरी निकासीलाई कडाइ गरेको बताउनु भयो। सामाजिक सञ्जालमा गढवा गाउँपालिकाको गलत प्रचार भए जस्तो नभएको बताउदै पालिकाका जनप्रतिनिधि तथा कर्मचारी कहिकतै गलत गरेको प्रमाण पेस गरे तत्काल कारबाही गर्ने बताउनु भयो । बिना सम्झौता कुनै पनि कार्य नगर्न प्राविधिक शाखालाई निर्देशन दिनु भयो । सेवा ग्राहीलाई दुख नदिने हिसावको कार्य गर्न अनुरोध गर्दै योजनाको सवालमा आवश्यक कागजात वारे पहिलेनै जानकारी दिनु पर्ने बताउनुभयो। पालिकामा कुनै कर्मचारी वा जनप्रतिनिधिले कमिसन अथवा कुनै बहानामा पैसा मागे प्रमाण सहित जानकारी गरे तत्काल कारबाही गरिने बताउनु भयो ।
त्यस्तै बेरुजु रकम भन्ने बित्तिकै जनताले बेरुजु रकम सबै खाएको बुझ्ने गलत प्रवृति भएको बताउदै बेरुजु रकम नितिगत बेरुजु, असुलउपर बेरुजु र कागजात अधुरो गरी भुक्तानी भएको जस्ता कैयन शिर्षकमा देखिएकोले बेरुजु रकम सबै जनप्रतिनिधि तथा कर्मचारीले खाएको प्रचार गर्नु गलत भएको बताउनुभयो।
प्रथम चौमासिक सार्वजनिक सुनुवाईमा कार्यक्रममा बोल्ने बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवामा देखिएको समस्या सुधार गर्नुको साथै पालिकामा भैरहेको कामकाजलाई नियमसंगत र समयमा गर्न सुझाव दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा सुझाव राख्दै राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकाश निर्माणका कामहरु, पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु, बेरुजु रकम फर्च्यौट, नदीजन्य पदार्थको चोरी तस्करी रोक्ने बारेमा सुझबुझका साथ सार्थक र उपलब्धि मुलक भए नभएको वारे मुल्यांकन गरी सेवा प्रवाह गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज शर्माले गढवा गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका सबै वडामा भएका कार्यक्रमहरुको प्रगति र सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो। साथै पालिकाको बिभिन्न शाखामा भएको प्रगतीको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै उक्त कार्यक्रममा आएका प्रश्नहरुको जवाफ गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अम्मर राज शर्मा, १ नम्बर वडाका वडाध्यक्ष बाबुराम अधिकारी, २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले दिनु भएको थियो।
प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली कङ्ग्रेसका पुर्ण प्रसाद चौधरी, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि गुणनिधि शर्मा, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, शिक्षाप्रेमी चित्रबहादुर रावत क्षेत्री, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठक,स्थानीय वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा,गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका रेशम शाही लगायतकाले बोल्नु भएको थियो ।
गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादवले, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, प्रेस सेन्टर गढवाकी अध्यक्ष पुष्पा पौडेलले गर्नु भएको थियो ।

