तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बिहिबार, पुष ०५, २०८०

दाङ । राप्ती गाउँपालिका दाङकाे साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले गाउँपालिकाकाे विभिन्न वडाहरुमा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेकाे छ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका वडा नं. २ को बाउनिपाटा, ३ काे नयाँबस्ती र ९ को जाबुनेमा घर बगैचा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेकाे हाे।

नामसालिङका कृषि अधिकृत सशांक आचार्य, कृषि प्राविधिक धन कुमारी चौधरी तथा सामाजिक परिचालिका पुस्तामा पुनले सहजीकरण गरेकाे उक्त कार्यक्रममा बाउनिपाटाका २४, नयाँबस्तीका २० र जाबुनेका ३० कृषकहरुको सहभागिता रहेको थियो। तालिम पश्चात सहभागीहरूलाई विभिन्न जातका तरकारीका बीउ पनि वितरण गरिएको थियो।

वि सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

परियाेजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको नाम्सालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]