
Rgp1
Lnp
Pbu
Rgp
Sgr
Ggp
pku
Srbpu
Unsku

Wsp
Rsb
Ksm
Asm
Gst
Bbu
Vor
Sls
Bbbpu
Rgu
nsb
Tsm
Pvg
Rgs
Hal
Rgu
Sbs
Ggd
Ssm

Jmb
Jmb
Ptm
sab
Gsb
Bml
bbt
Pls
Mks
Abd
Syp
Rmb
Rpp
दाङ । मानवीय सेवाका लागि दाङमा सञ्चालित निलसागर सेवा आश्रमलाई क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले न्यानो कपडा सहयोग गरेको छ ।
दाङको देउखुरी स्थिति राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा सञ्चालित आश्रममा आश्रय लिई रहेका सडक सहयाेगापेक्षी मानवहरुलाई जाडो बाट बचाउन करिब ७५ हजार रुपैयाँ बराबरको २५ जाेर न्यानो कपडा र १० वटा बल्याङ्केट सहयोग गरिएकाे संस्थाकी महिला शसक्तिकरण संयाेजक सरिता चाैधरीले जानकारी दिनुभयो।
उक्त कपडा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको राेहबरमा सेवा आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीलाई हस्तान्तरण गरिएको संयाेजक चाैधरीले बताउनुभयो ।
साे अवसरमा संस्थाकी विद्यार्थी संयाेजक दिपा चाैधरी ,प्रेसा चाैधरी लगायतको सहभागीता रहेको थियो । आश्रममा अहिले देउखुरी क्षेत्रका विभिन्न स्थानबाट उद्वार गरिएका ३ महिला सहित २५ जना सडक सहयाेगापेक्षी मानवहरु रहेका छन्।

