
Lnp
Unsku
Rgp1
Ses
Sgr
cjs
Rgp
Pes
Ggp
Gfs
pku
Djs
Srbpu
Pbu

Sls
Rgu
Vor
Sbs
Bbu
Gst
Ssm
Ggd
Rsb
Wsp
Tsm
Bbbpu
Ksm
Hal
Rgu
Rgs
Pvg
Asm
nsb

Ptm
Pls
bbt
Rmb
sab
Bml
Mks
Rpp
Gsb
Jmb
Abd
Syp
Jmb
दाङ । गोरुहरु तस्कर हुने गरेको यो भन्दा पहिले त सुन्ने गरिन्थ्यो । तस्करहरुले राम्रो मूल्य पाउँने भएपछी गाईलाई छोडी विभिन्न बहानामा गोरुको तस्कर मात्र गर्थे । अबभने दिनप्रति दिन गोरुको अभाव हुन थालेपछी तस्करको नजर राष्ट्रिय जनावर गाई प्रती पर्न थालेको छ । लमही नगरपालिका वडा नम्बर ४ स्थित शान्तीनगरमा जम्मा गरेर राखिएका ४१ वटा गाईगोरु मध्य प्राय गाई रहेका छन् । वैदिक धर्म परिषद नेपाल लमही नगर परिषद, स्थानीय युवा, प्रहरी, जनप्रतिनिधि र सामाजिक अभियन्ताकाे अगुवाईमा फृला परेका ४१ वटा गाई गाेरुकाे व्यावस्थापन गर्ने ठाउँ नभएकाले जङ्गल तिर छाडिएको छ ।
>>जर्सी गाईनै गोठबाट हराएपछि!!!
लमही नगरपालिका ४ निवासी कमल अधिकारीको ७ वटा जर्सी गाई गत मँगलबार हरायो । आफुले पालेको गाई हराउँदा माया मार्न सकिनन् उनी । त्यहीमाथी गोठबाटै गाई हराउँदा उनी चुप बस्न सकिनन् । छर छिमेकमा खोज तलास गर्दै जाँदा लमही-४ शान्तिनगर स्थित खुला चौरमा बाँधिएको अबस्थामा फेला परे । त्यहाँ उनका गाई सँगै ४१ वटा अन्य गाईहरु पनि फेला परे । चोरी गरिएका जर्सी गाई सँगै अन्य गाईहरु पनि फेला परेपछि सबै चोरीकै हुन कि! भनेर अन्दाज गर्न सकिन्छ नै । यति धेरै सँख्यामा गाईहरु एकै ठाउँमा फेला परेपछी तस्करी हुँदै गरेको भन्ने कुरापनि सजिलै आँकलन गर्न पनि सकिन्छ । तर, प्रहरी भन्छ तस्करी नै हो भनेर भन्न सक्ने अबस्था भने छैन । गाडी सहित पक्रन नसकेकै कारण तस्करी भन्न सक्ने अबस्था नरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख राजन पौडेलले बताए । गाईहरु बाँधिएको अबस्थामा फेला परे, गाडी सहित पक्रन सकेको भए तस्करी भन्न सकिन्थ्यो प्रमुख राजन पौडेलले भने-फेरि सम्बन्धित ब्यक्ति फेला परेको छैन, अनुसन्धानमै छौ, केहीदिनमै नतिजा बाहिर ल्याउँछु ।
कमल अधिकारीको जर्सी गाई हराएर भेटिएपछी नै यो कुरा बाहिर आएको हो । उनको अझै एउटा गाई फेला परेको छैन । अधिकारीका अनुसार यो भन्दा पहिलेपनि उनका केही गाई हराएका थिए । स्थानिय बर्गद अलि र कलुवा नामका ब्यक्तिले आफ्नो गाई चोरी गरेको आफुलाई अनुमान रहेको अधिकारीको भनाई छ । एक स्थानियका अनुसार शान्तिनगरको खुला चउर गाई गोरु सँकलन केन्द्र (ट्रान्जित पोईन्ट) को रुपमा स्थापित भएको छ । “गाई गोरुहरु डोय्राउँदै यहाँ ल्याईन्छ र सँख्या पुगेपछि गाडीमा लोड गरि पठाईन्छ एक स्थानियले भने ।”
>>ओसार पसारमा बालबालिकाको प्रयोग
गाईहरु जम्मा गरेको भन्दै प्रहरीले बिहिबार शान्तिनगर बाट ६ जनालाई पक्राउ गर्यो । पक्राउ परेका मध्य ५ जना त बालक छन् भने अर्का बृद्द छन् । ललाई फकाई गरि तस्कर हरुले बालबालिका लाई प्रयोग गरेको रहस्य पनि फेला परेको छ ।
सम्बन्धित ब्यक्ति नदेखिएर आर्थिक प्रलोभनमा पारी बालबालिकालाई ओसार पसारमा लगाउने परिपाटीको विकास भएको छ । बालकलाई श्रममा लगाइ रहेको देखिनुले गाई गोरु तस्करी मौलाइरहेको आँकालन हुनु स्वभाविक नै छ । दाङमा गाई गोरु तस्करी बढिरहेको जिल्लामा भएका केही पुराना घटनाले पुष्टि गरिसकेका छन् ।
पहिले युवाहरु परिचालन भएर हुने तस्करी अहिले बालबालिकाहरु प्रयोग गर्न थालिएको छ । केही समय अघि गाई गोरु तस्करीमा दाङको राजमार्ग मात्रै प्रयोग गर्ने गरेको सार्वजनिक भइरहेका बेला अहिले जिल्लाका विभिन्न स्थानहरुमा संगठित तस्करी मौलाएको देखिन थालेको छ । गाई गोरु ओसार पसार गर्ने गिरोहले आफू त्यसबाट जोगिन बालबालिकाको प्रयोग गर्ने गरेका छन् । जसका कारण बालबालिकाहरु अहिले गोरु ओसार पसार धन्दामा लागेको देखिन्छ । संकलन केन्द्रबाट अर्काे केन्द्रमा पुय्राउन बालबालिका प्रयोग गरिएको र बालबालिकालाई त्यसबाफत केही रकम समेत दिने भएपछि उनिहरु पनि अह्राएको काम गर्न तयार भएको पक्राउ परेका ती बालकहरुले बताए । ब्यवसायको सजिलो माध्यम अहिले गोरु तस्करीलाई बनाएको देखिन्छ ।
बिहिवार पक्राउ परेका बालक सहित बृद्दलाई बेलुका नै परिवारको जिम्मा लगाएको लमहीका प्रहरी प्रमुख पौडेलले जानकारी दिए । छाडिएको गाई ब्यबस्थापनका लागि लमही नगर प्रमुख कुलबहादुर केसी सँग छलफल भईरहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।
बिक्रि बितरणका लागी गाईगोरु जम्मा गरिएको यो कार्य भने कुनै नौलो होईन । जिल्लाका विभिन्न क्षत्रमा गाईगोरु हरुको ट्रान्जित पोईन्ट नै स्थापना गरि गाईगोरु अनेत्र सप्लाई हुने गर्छन् । पुर्बी नेपालको झापा हुँदै बङ्लादेशमा सप्लाई हुँदै आईरहेको जानकार हरु बताउँछन् । यो भन्दा अघि गोरुहरु जोत्ने बहानामा तस्कर त भईनै रहन्थे । तर,गाई नै तस्कर हुन थालेको यो घटना भने दाङ देउखुरीका लागि पहिलो हो । नेपालको सँबिधानले गाईलाई राष्ट्रिय जनावरको सँज्ञा दिएको छ । तर यहाँ विभिन्न बहानामा तिनै राष्ट्रिय जनावर गाईपनि दिनप्रतिदिन मासुका लागि बिक्रि बितरण भईरहेका छन् ।
