
pku
Rgp
Sgr
Ggp
Pbu
Unsku
Lnp
Rgp1
Srbpu

Pvg
Asm
Rgu
Rgu
Sls
Ggd
nsb
Vor
Bbbpu
Rgs
Rsb
Ksm
Tsm
Hal
Sbs
Bbu
Wsp
Ssm
Gst

Ptm
Rmb
sab
Jmb
Rpp
Pls
Abd
Jmb
Bml
bbt
Gsb
Syp
Mks
दाङ । गढवा गाउँपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ।
गढवा गाउँपालिकामा लोकसेवाका लागि ७५ दिने नि:शुल्क तयारी कक्षा सन्चाल्न कार्यक्रम सोमबार उद्घाटन भएको हो । गढवा गाउँ कार्यपालिकाको कार्यलय र लुम्बिनी प्रदेश,नेपालको आयोजनामा तथा न्यू भिक्टोरिया ट्यूसन सेन्टर लमहीकाे प्राविधिक सहयोगमा उक्त कार्यक्रम सन्चालनमा आएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष तथा उद्घाटन समारोहका सभाअध्यक्ष यम नारायण शर्मा पोख्रेलले युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको बताउनुभयो।
पालिकाले राखेको उद्देश्य पूरा गर्न आयोजक, प्रशिक्षक र प्रशिक्षार्थीले सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको हो। यस्ता कार्यक्रमबाट पर्याप्त ज्ञान लिन सके कार्यक्रमको उद्देश्य पूरा हुने पनि उनले उल्लेख गर्नुभएको हो। तयारी कक्षा उद्घाटन कार्यक्रम निःशुल्क दिइएको तयारी कक्षा भनेर कम महत्वको नठान्न समेत अनुरोध गर्दै प्रभावकारी र उपलब्धीमुलक होस् भनि शूभकामना समेत दिनुभयो।
त्यस्तै गरि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीले आफ्नो पालिका भित्रका हुने खानेहरुले बजारमा काठमाडौं, बुटवल, भैरहवा लगेर आफ्नो छोराछोरीलाई लाेकसेवा तयारी कक्षाका लागि पठाउँछन् भने हाम्रा यहाँका जन्ता किसान र माध्यम वर्गका रहेछन्। जेनतेन गरेर १२ कक्षा सम्म पढाइसके पछि कि भने विदेश प्लायन हुने हो कि भने घरमै बस्ने अवस्था रहेको छ। यसैलाई मध्यनजर गरेर यस किसिमको लोकसेवा तयारी कक्षालाई निरन्तरता दिइरहेको बताउनुभयो।
त्यस्तैगरि गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज शर्माले समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् । अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध भन्ने उनको भनाइ थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका प्रशासन इकाई प्रमुख पुनाराम शर्माले लोकसेवा तयारी कक्षा सञ्चालन हुनलागेको यो तेस्रो पटक भएको भन्दै पढ्नेहरूका लागि यो ठुलो अवसर भएको बताउनुभयो। यो निशुल्क तयारी कक्षामा +२ सकाएका विद्यार्थीहरुलाई जुन सुकै लाेकसेवालाई लक्षित गरेर आयोजना गरेको बताउनुभएको हो।
त्यस्तै गरि कार्यक्रमलाई सम्बोधन गर्दै न्यू भिक्टोरिया ट्यूसन सेन्टर लमहीका कोर्डिनेटर श्रवण कुमार यादवले शिक्षा, समाजिक सेवा, रोजगारका अवसर प्रदान, सामुदायीक विकास र सेवामूलक कार्यक्रमहरुमा बढ्दो शैक्षिक बेरोजगारीकाे संख्यासंगै लाेकसेवा पढ्ने बानी विकास गर्ने उद्देश्यका लागि आफूहरुलाई गढवा गाउँपालिकामा प्राविधिक सहयोग गर्न अवसर प्राप्त भएकोमा हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्नुभयो।
विगत लामो समयदेखि घोराहीबाट मात्रै सेवा प्रदान गरिरहेका बताउनुहुन्छ तर अब भने विद्यार्थीहरूकाे सहुलियतका खातिर देउखुरी उपत्याकाकाे लमही क्षेत्रमा न्यू भिक्टोरिया ट्यूसन सेन्टर लमही संचालनमा आएको बताउनुभयो।
गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चान गर्नु हाम्रो लागि सुनौलो अवसर भएको परिक्षार्थी अस्मिता सिंहले प्रतिक्रिया दिइन् । पढेलेखेको भए पनि समय र परिस्थितिले गर्दा टाढा पढ्न जान नपाएका हामी जस्ताका लागि यो कार्यक्रमले आफ्नो सिकाइमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।
माहिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रेरणा चन्दकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेल ज्युको अध्यक्षता रहेको थियो भने उद्घाटन कार्यक्रमको सहजीकरण गढवा गाउँपालिकाका रोजगार सेवा केन्द्रका रोजगार सहायक सत्यपाल यादवले गर्नुभएको थियो।

