शिबराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, पुष ०२, २०८०

दाङ । गढवा खानेपानी संस्थामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि ९ पदका लागि सोमवार १६ जनाको उम्मेदवारी प्रारम्भिक चरणमा मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक शंकर पाण्डेयले जानकारी दिनुभएको छ ।

जसमध्ये अध्यक्ष पदकालागी कृस्णराज पाण्डे, महेश कुमार अधिकारी,होमराज रिजाल र प्रकाश भण्डारीले मनोनयन दर्ता गर्नु भएको छ भने सचिव पदका लागि खुमानन्द पोख्रेल र टोपलाल सुवेदी ( सागर) ले उमेदवारी दिनु भएको छ ।

त्यस्तै कोषाध्यक्ष पदका लागि दामोदर ढुङ्गाना र राजेन्द्र चौधरिले उम्मेदवारी दिनु भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष पदमा भने लिलाधर आचार्यको एकल उम्मेदवारी परेको छ । त्यसैगरी ५ जना सदस्यका लागि खुमा पाण्डे आचार्य,मनुकान्त आचार्य,उर्मिला भण्डारि,उषा यादव,बेलकुमारी घिमिरे,हाइकुमारी आचार्य र नारायण बहादुर थापा क्षेत्री गरि ७ जनाको प्रारम्भिक चरणमा मनोनयन दर्ता भएको निर्वाचन कमिटी सदस्य देवराज कुवरले जानकारी दिनु भयो ।

यस्तै मंगलवार बिहान उम्मेदवारी फिर्ताको तालिका रहेको र सहमती जुट्न नसकेमा पुस ६ गतेकालागी मतदान हुने निर्वाचन कार्यतालिका समितिले प्रकाशन गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]