
Pbu
Rgp1
Ggp
Rgp
Unsku
Sgr
pku
Lnp
Srbpu

Ksm
Asm
nsb
Bbbpu
Rgu
Hal
Tsm
Rsb
Ggd
Pvg
Sls
Gst
Bbu
Rgu
Vor
Sbs
Ssm
Wsp
Rgs

sab
Abd
Jmb
Mks
Syp
Rpp
bbt
Jmb
Bml
Ptm
Rmb
Pls
Gsb
काठमाडौँ । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ ।
यसका लागि आज जानकी मन्दिरको प्राङ्गण सजाइएको छ । विवाहपूर्व आज जानकी मन्दिरबाट निस्किने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्दछ ।
त्यस्तै रङ भूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौंको संख्यामा उपस्थित तिर्थालुहरुको बीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रमको आयोजना हुने गर्दछ । सो स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको तिर्थालुहरुको उल्लेख्य संख्यामा उपस्थिति हुने गर्दछ । स्वयम्वर कार्यक्रमको समापन भएपश्चात रङभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुग्ने गर्दछ ।
यस्तै जानकी मन्दिरकै प्राङ्गणमा भारतको अयोध्याबाट जन्तिका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ । मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गणमा हजारौँको संख्यामा तिर्थालुहरुको उपस्थिति रहने गर्दछ ।
त्यस्तै पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि हुने विश्वास गरिएको छ । रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरुको घुइँचो लागेको जनाइएको छ ।
