
Lnp
Srbpu
Ggp
Rgp1
Sgr
Pbu
pku
Rgp
Unsku

Bbu
Rgu
Pvg
Rgs
Rgu
Vor
Ssm
Ggd
Sbs
Hal
Gst
nsb
Bbbpu
Ksm
Asm
Rsb
Sls
Tsm
Wsp

Pls
Jmb
Bml
Rpp
Syp
Gsb
Ptm
sab
Jmb
Rmb
bbt
Mks
Abd
दाङ । नेपाल मगर संघ लमही नगर कमिटीको भातृ संगठन मगर समाज लमहीले देउसी,भैलो खेलेर संकलन गरेको कुल साढे ३ लाख रकम मध्यको राष्ट्रिय आविष्कार केन्द्रका संचालक डाक्टर महावीर पुन र विभिन्न सचेतना बोर्ड राख्नका लागि ट्राफिक प्रहरी पोस्ट लमहीलाई दिने भएको छ ।
शनिबार देउखुरीको लमही स्थित ग्रिन पार्कमा आयोजित देउसी,भैलो कार्यक्रम समापन तथा वन भोज कार्यक्रममा लमही नगर कमिटीले सो कुरा बताएको हो ।
नेपाल मगर संघ लमही नगर कमिटीका कोषाध्यक्ष तथा देउसी,भैलो कार्यक्रमका संयोजक शान्ति थापा मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेशका सदस्य तथा अनुशासन विभागका संयोजक खल्लु पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पुनले अब मगरहरु एकजुट भएर अघि बढ्नु पर्ने समय आएको बताउनु भएको छ ।
कार्यक्रममा उहाँले अहिले लुम्बिनी प्रदेशको पहाडी भेगका सरकारी कार्यालयहरुमा मगर भाषा मार्फत कामकाज तथा लेखापढी हुनुपर्ने माग राख्दै विभिन्न दबाबमुलक कार्यक्रमहरु गरिरहेको हुँदा यस कार्यमा पनि सरिक हुन अनुरोध गर्नु भएको छ । यस्तै पुष महिनाको ७ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा बृहत आन्दोलनको कार्यक्रम रहेकोे हुँदा उक्त कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध समेत गर्नु भयो ।
त्यस्तै कार्यक्रममा विशिस्ट अतिथि नेपाल मगर संघ दाङ जिल्लाका पुर्व अध्यक्ष जित बहादुर बुढा मगरले संस्कार र संस्कृतिलाई जगेर्ना गर्नका लागि मगरहरु हातेमालोका साथै एकता हुन जरुरी रहेको बताउनु भएको छ । उहाँले मगरहरुको आफ्नो पहिचान सहितको अधिकार राज्यले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
यस्तै कार्यक्रममा लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा ठेडी मगरले नेपालको संविधान २०७२ मा कुनै पनि प्रदेशले आफ्नो प्रदेशमा मातृभाषाको बाहुल्य भएकोलाई त्यहाँको सरकारी कामकाजका लागि भाषा लागु गर्न सक्ने बताउनु भयो । यस्तै लुम्बिनी प्रदेशमा भाषा आयोगले मगर,थारु र अवधी भाषाका लागि सिफारिस समेत गरेको हुँदा पहाडी क्षेत्रमा मगर र तराई बेल्टमा थारु हुनुपर्ने उहाँले बताउनु भयो ।
यसैगरी कार्यक्रममा नेपाल मगर संघ लमही नगर कमिटीका अध्यक्ष जगत पुन मगरले मगर एकता बनाउनुको उदेश्य यत्रतत्र छरिएर रहेका मगरहरु एक भएर सबै हातेमालो गरेर समाज र देशका लागि अघि बढी रहेकोे बताउनु भयो । समाजमा एकले अर्काको मुख ताक्नु भन्दापनि आफ्नो हक र अधिकारको लागि र संस्कार, संस्कृतिलाई जगेर्ना गर्न आफ्नो समाज आफै लाग्नु पर्नेमा नगर कमिटी अध्यक्ष पुनले बताउनु भयो । त्यस्तै उहाँले जातीय द्वन्द्वको सिर्जना नगरेर यो मगरात भुमिमा आफ्नो पहिचान सहितको अधिकार सुनिश्चित गर्न यहीँ पुष ७ गतेका दिन भालुबाङमा बृहत भेला हुने भएको हुँदा उक्त भेलामा सहभागी हुन सम्पूर्ण मगर जनसमुदायलाई आग्रह गर्नु भएको छ ।
यस्तै उक्त कार्यक्रममा लमही नगरपालिकाका निवर्तमान उपप्रमुख देबका बेल्बासेले मगरहरु एकजुट भएर राज्यसंग आफ्नो हक अधिकार प्राप्तिका लागि अघि बढ्नु पर्ने बताउनु भयो । लमही नगरपालिका भित्र मगरहरुको बाक्लो बाहुल्य भएको र यसलाई अझै एकता बनाएर अघि बढ्न आग्रह गर्नु भयो ।
त्यस्तै सो कार्यक्रममा देउसी,भैलो खेल्ने क्रममा लमही स्थित कृपया मेडिकल हलका सह-संचालक प्रभा भट्टराई आचार्य मार्फत १४ हजार ५००,नेपाल मगर संघ लमही नगर कमिटीका अध्यक्ष जगत पुन मगरबाट १४ हजार ५०,हिमा जिएमबाट १० हजार ३०० सय धेरै दान प्रदान गर्ने तीन जनालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो । यस्तै देउसी,भैलो कार्यक्रमका समय ५ हजार बढी दान दिने दान दातालाई पनि सम्मान गरिएको थियोे ।
मगर समाज लमहीका अध्यक्ष बसन्ती राना मगरको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा देउसी,भैलोमा नृत्य प्रस्तुत गर्ने र देउसी,भैलो समापन तथा वन भोज कार्यक्रममा नृत्य प्रस्तुत गर्ने कलाकारलाई पुरस्कार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्राविधिक व्यवस्थापन नगर कमिटीका सदस्य भर्ज घर्ती मगरले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नगर सदस्य तथा कार्यक्रम संयोजक बाबु रोका मगर र मगर समाज लमहीका सचिव टीका घर्ती मगरले गर्नु भएको थियो ।

