
Ggp
Lnp
Pbu
Rgp
Srbpu
Sgr
pku
Unsku
Rgp1

Sls
Wsp
Rgs
Bbbpu
Rgu
Sbs
Asm
Pvg
Rgu
Tsm
Hal
Ssm
Ggd
Bbu
Rsb
nsb
Ksm
Gst
Vor

Syp
sab
bbt
Jmb
Abd
Bml
Rmb
Jmb
Gsb
Rpp
Ptm
Pls
Mks
दाङ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको श्री सिद्ध बाघनाथ बाबा जंगलकुटी संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ।
समितिका अध्यक्षता आशाराम चौधरीको अध्यक्षता तथा पूव्र मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
तेस्रो वार्षिक साधारण सभालाईमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले बिगतको जस्तै जंगलकुटीको एरियालाई समेटेर नयाँ संरक्षण समिति गठन गर्नु पर्ने कुरामा जोड दिनुभयो भयो। २०४६ सालको समिति जस्तै बिधान अनुसार समिति गठन गरे बाघनाथ बाबा जंगलकुटी संरक्षण तथा पर्यटन क्षेत्रको व्यवस्थापनमा समस्यामा नआउने बताउनुभयो ।
पछिल्लो समय परम्परागत रुपमा हुने पाठ पुजा दान दक्षिणा लगाएत सबैमा कमी भएको बताउदै जंगलकुटीलाई धार्मिक बनको रुपमा संरक्षण गर्दै नमुना बनाउनु पर्ने बिचार ब्यक्त गर्नु भयो । जंगल कुटीको इतिहासलाई आत्मसाथ गर्दै आस्थाको गहिराइमा पुगेर त्यै अनुरुप अगाडी बढे उत्तम हुने बताउनु भयो । बाबा भुवनेश्वर सिद्धी प्राप्ती बाबा भएको भन्दै त्यै अनुसार साधना अघि बढाउने गरी कार्यक्रमहरु गर्न अनुरोध गर्दै बाघनाथ बाबा जंगलकुटीलाई धार्मीक संस्थाको रुपमा बिकाश गर्न आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी सभामा बोल्दै बिशिस्ट आतिथी तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वर्गद्धारी जस्तै जंगलकुटी लाई पनि संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । जंगलकुटीमा प्रभुले गरेको साधनालाई भुल्न नहुने बताउदै जंगलकुटीको इतिहांस साधना भएकोले मुलभुत कुरा लाई सबैतिर चिन्हाउन आवश्यक रहेको बताउनुभयो । जंगल कुटीको ऐतिहासिक पृष्ठभूमिको आधारमा संरक्षण नगरे सिध्द बाघ नाथ बाबाको आत्मलाई सम्मान नहुने बताउनु भयो ।
त्यस्तै थारु समुदायको आस्था संग जोडिएको बाघनाथ बाबा जंगलकुटीको बिबादमा सम्बन्धीत समुदायको गुनासो आपत्ती सम्मानजनक भएको बताउदै जंगलकुटीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्न आवश्यक रहेको बिचार ब्यक्त गर्नुभयो । बिगतमा भएको कमीकम्जोरी लाई सुधार गर्दै संरक्षण गर्नु पर्ने बताउदै समितिको अगुवाईमा धार्मीक आस्थासंग जोडिएकाहरुलाई जिम्मा दिए संरक्षणमा कमी नहुने बताउनु भयो । ऐतिहांसिक, धार्मिक तथा पर्यटकिय क्षेत्र बाघनाथ बाबा जंगल कुटीको संरक्षण ऐतिहांस नमेटिने गरी गर्नु पर्ने बताउनु भयो । जंगलकुटीमा बिद्युत बिस्तारका लागि गढवा गाउँपालिकाले बैकल्पिक सोलार सिस्टम जडानको लागि सबै प्रकृया पुरा गरेको जानकारी समेत दिनु भयो ।
त्यसैगरी तेस्रो साधारण सभामा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले करिव २ सय बर्ष पुरानो ऐतिहांसिक धरोहरको रुपमा रहेको बाघनाथ बाबा जंगलकुटीको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो।जंगलकुटी बहुभाषिक बहुसांस्कृतिक धरोहरको रुपमा रहेको भन्दै संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनु भयो । पछील्लो केही समयम धेरै त्रुटि भएको भन्दै आगामी दिनमा पहिले जे थियो त्यै अनुसार संरक्षण गर्नु पर्ने बताउनु भयो । जंगलकुटीको प्रचार प्रसारका लागि गढवा कालाकाटे को गोबरडियामा बोर्डको स्थापना गर्नु पर्ने समेत बताउनु भयो । केही समय पहिले ऐतिहासिक धरोहरको नाम मेटाउने गलत प्रयास गरेको भन्दै अब बन्ने समितिले बाघनाथ बाबा जंगलकुटी संरक्षण गर्नेमा आसाबादी भएको भन्दै शुभकामना समेत दिनु भयो।
यस्तै सम्पन्न तेस्रो साधारण सभाले मनोज चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जस्को उपाध्यक्षमा चनचला चौधरी, सचिवमा प्रेमलाल चौधरी, कोषाध्यक्षमा हरिनारायण चौधरी रहनु भएको छ भने सदस्यहरुमा बामदेव रेग्मी, कुल बहादुर घर्तीमगर, दिपक चौधरी, दिल्लीप्रसाद चौधरी र प्रमोद गौतम रहनु भएको छ। त्यसैगरी चार सदस्यीय पदेन रहने गरी समिति चयन गरिएको छ।
यसअघि पनि कुटी संरक्षण समितिले कुटी क्षेत्रमा अतिथिगृह, शौचालय र कार्यालय निर्माण, मन्दिर क्षेत्रलाई सुरक्षित राख्न तारबार, मुख्य प्रवेशद्वार तथा पुरानो संरचना नबिग्रिने गरी भवनको चारैतर्फ पिलरसहितको छत निर्माण तथा रङरोगन गरिएको छ । पुरातात्त्विक सामग्री कुटीमा रहेका छन् भने १९३ वर्षअघि अँगेनामा बालिएको आगोलाई अझै निभ्न दिइएको छैन। थारू समुदायमा उत्पादन गरेका अन्नपात सर्वप्रथम बाबाको कुटीमा चढाई मात्र आफ्ना लागि प्रयोग गरेमा निरोगी हुनुका साथै बाबाको आशीर्वाद सधैँ प्राप्त हुने विश्वास रहिआएको छ।
त्यस्तै तेस्रो साधारण सभामा जनप्रतिनिधि,थारु कल्याणकारी सभाका प्रतिनिधि,प्रगन्ना समितिका प्रतिनिधि,स्थानीय थारु समुदायका अगहरिया, कटकनदार,अगुवा व्यक्तित्व लगायतकाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण समितिका सचिव भक्तु चौधरीले गर्नु भएको थियो ।



