
pku
Unsku
Srbpu
Rgp1
Pbu
Lnp
Ggp
Rgp
Sgr

Sbs
Bbbpu
Ssm
Asm
Rgu
Pvg
Wsp
Vor
Ksm
Gst
Rsb
Hal
Sls
Rgs
Tsm
Bbu
Rgu
Ggd
nsb

Pls
Bml
Abd
bbt
Jmb
Rmb
sab
Mks
Syp
Ptm
Rpp
Jmb
Gsb
दाङ । नदीजन्य पदार्थ नियन्त्रण गर्न गएको लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी,बिनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात भएको छ ।
लमही नगरपालिका -४ बुट्कहवा राप्ती घाटमा राती आठ बजे बालुवा चोरी गर्दै गरेको रा १ त ४४३४ नम्बरको ट्याक्टरलाई नियन्त्रण गर्न लाग्दा उनिहरुमाथी हातपात भएको लमही नगरपालिका-१ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिनु भयो । उनीहरुले नगर प्रहरी र चालकलाई हातपात गरेपछि हामीले गढवा प्रहरीलाई जानकारी दियौं र केहि समयपछि दुई जनालाई गढवा प्रहरीले नियन्त्रणमा लियो’- वडा अध्यक्ष पौडेलले भन्नु भयो ।
त्यस्तै आक्रमण गरेको आरोपमा नौ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी राम बहादुर केसीले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका-५ का मनिराम चौधरी, सन्दीप चौधरी, संजिप चौधरी र निरज चौधरीलाई अभद्र ब्यबहारको कसुरमा मुद्दा प्रक्रिया अघि बढ्ने एसपी केसीले बताउनु भयो । मनिरामको लहलहैमा आएको रहेछन, उनीहरुलाई सम्झाई बुझाई अभिभावकको जिम्मामा छाड्ने पनि एसपी केसीले बताउनु भयो ।
मनिराम सहित अन्य चारजनलाई हिजै मुद्दा दर्ता भई अभद्र व्यबहार सम्बन्धि कानूनी कारबाही प्रक्रिया अगाडी बढी सकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनु भयो ।
लमही नगरपालिका -४ बुट्कहवा राप्ती घाटमा गिट्टी बालुवा चोरि हुदैछ भन्ने गोप्य सुचनाको आधारमा त्यहाँ पुगेको लमही नगर प्रहरी र चालक माथि आक्रमण भएको हो । ट्याक्टरमा बालुवा लोड गरि लैजान लागेको अवस्थामा उक्त ट्याक्टर छोडेर चालक र बालुवा लोड गर्ने मजदुर भागेपछि नगरपालिकाको गस्ती टोलिले नियन्त्रणमा ल्याएको थियो। नियन्त्रणमा ल्याएको ट्याक्टरलाई प्रहरीलाई बुझाउन ल्याउने क्रममा मनिराम चौधरीले अन्य गाउँका युवाहरु बोलाएर ज्यान लिने उदेश्यले आक्रमण गरेको लमही नगरपालिकाका चालक मेघराज गिरीले बताउनु भयो ।
चालक गिरीका अनुशार नौ जनाको समूह बनाएर आएको उक्त टोलिले सावेल, बेल्चा जस्ता घरेलु हतियारले प्रहर गरेका थिए । मलाई हातपात गर्न लागेपछि हाम्रो टोलि ब्याक भयो, उनीहरुले मलाई लछार पछार गरे, बेल्चाले मेरो टाउकोमा प्रहार भयो तर मैले बेल्चा समातेपछि चोट लाग्नबाट बचे’ गिरीले भन्नु भयो । दुइ पक्ष विच हातपात र लछार पछार हुँदा लमही नगरपालिकाका चालक गिरीको तीन तोलाको सुनको सिक्री हराएको उहाँको भनाई छ ।
