
pku
Srbpu
Rgp1
Rgp
Sgr
Pbu
Lnp
Ggp
Unsku

Bbbpu
Wsp
Gst
Vor
Ksm
Asm
Sbs
Tsm
Sls
Ssm
Hal
Rgu
Ggd
Pvg
Rgs
Rgu
Rsb
Bbu
nsb

Jmb
sab
Pls
Mks
bbt
Jmb
Ptm
Bml
Gsb
Abd
Rpp
Rmb
Syp
दाङ । लुम्बिनी प्रदेश सरकार र राप्ती गाउँपालिका दाङद्वारा संयुक्तरूपमा सञ्चालित लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे समापन गरिएको छ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मूल नाराका साथ गत मंसिर ९ गतेदेखि सञ्चालित अभियानको आइतबार राप्ती गाउँपालिका ८ पिपरीमा एक कार्यक्रमकाे आयोजना गरि समापन गरिएको हाे।
लुम्बिनी प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका मुख्य सचिव राधिका अर्यालकाे प्रमुख आतिथ्यता एवम् राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।
साे अवसरमा बाेेल्दै लुम्बिनी प्रदेश सरकारका मुख्य सचिव राधिका अर्यालले गर्भ अवस्था देखि नै लैङ्गिक हिंसा शुरु हुने भन्दै त्यसको अन्त्य गर्न सबैभन्दा पहिला साेचमा परिवर्तन गर्न अवश्यक रहेकाे बताउनुभयो ।
जब सम्म महिला र पुरुष बीचकाे विभेदको अन्त्य हुदैन तबसम्म लैंगिक हिंसा अन्त्य हुदैन त्यसको लागि सबैभन्दा पहिले साेच परिवर्तन हुन आवश्यक छ ,मुख्य सचिव अर्यालले भन्नुभयो ।
त्यस्तै राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले सामाजिक,आर्थिक ,राजनैतिक कारणले पनि लैंगिक हिंसा भइरहेको भन्दै त्यसको अन्त्यका लागि सबैले साझा मुद्दा बनाई एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा समाजिक मन्त्रालयकी महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले लैङ्गिक हिंसा र मानव अधिकारकाे विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य सुशीला चाैधरी,राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी ,राष्ट्रिय जेष्ठ नागरिक मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी लगायतका वक्ताहरुले अहिले पनि महिला र बालबालिकाको सवालमा उनीहरु माथी हुने हिंसाको प्रकार फरक हुँदै गएपनि लैङ्गिक हिंसा नराेकीएकाे बताउनुभएको थियोे ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत कमला पाैडेलकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण मन्त्रालयका धुव्र भण्डारीले गर्नु भएको थियोे ।

