
Unsku
Sgr
Lnp
Ggp
pku
Rgp
Srbpu
Pbu
Rgp1

Pvg
Hal
Asm
Gst
Rgu
Vor
Bbbpu
nsb
Sbs
Ggd
Bbu
Rgs
Sls
Ksm
Ssm
Tsm
Rgu
Rsb
Wsp

Gsb
Syp
Abd
Rpp
sab
Bml
Rmb
Pls
Ptm
Jmb
bbt
Jmb
Mks
दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नं.९ काे जाकिने र ६ काे भगवानपुरमा जलवायु मैत्री कृषि प्रविधि (Climate Smart Agriculture) तालिम प्रदान गरेकाे छ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका जाकीने र भगवानपुर समुदायमा जलवायु मैत्री कृषि प्रविधि (Climate Smart Agriculture) तालिम प्रदान गरिएको हो।
नामसालिङका कृषि अधिकृत सशांक आचार्य तथा सामाजिक परिचालिका पुस्तामा पुनले सहजीकरण गरेकाे उक्त कार्यक्रममा जाकिने र रातमाटाका २४ तथा भगवानपुर का २३ कृषकहरुको सहभागिता रहेको थियो। तालिम पश्चात सहभागीहरूलाई तरकारी बालीमा सिंचाई गर्नलाई उपयोगी हजारी पनि वितरण गरिएको थियो।
वि सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। परियाेजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको नाम्सालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।
