तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, मंसिर २५, २०८०

दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङकाे आयाेजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान अन्तर्गत ” लैंगिक हिंसा न्यूनीकरण ” सम्बन्धी सचेतनामूलक लाेक गीत प्रतियोगिता आइतबार राप्ती गाउँपालिका-३ नयाँ बस्तीमा सम्पन्न भएकाे छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड अधिकृत धर्म यादवकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख अथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नं. ३,४,७ र ८ का गरि ५ वटा सामुदायिक कृषक समुहकाे सहभागीता रहेको थियोे । जसमा सागरमाथा कृषक समूह प्रथम, मेलमिलाप कृषक समूह द्वितीय, काेपिला कृषक समूह तृतीय र सृजनशील कृषक समूह सान्त्वना भएका थिए । प्रतियोगितामा विजेता हुने समुहरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियोे।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.३ का वडाध्यक्ष उमेश अधिकारी,वडा सदस्य ईश्वरी परियार ,माध्यमिक विद्यालय माैरिघाटका शिक्षक राेमहर्ष अधिकारी,दुर्गा भवानी आधारभूत विद्यालयका मसुरियाका शिक्षक टाेमलाल गैरे लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएकाे थियाे ।

नामसालिङ सामुदायिक विकास केन्द्रका कृषि प्राविधिक धनकुमारी चाैधरीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे संचालन काेपिला कृषक समुहकी सचिव सुधा शाहीले गर्नु भएकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]