
Gisld
Pbu
Rbs
Sds
Anm
mbd
Ksm
Mbdvs
Gmk

Ggd
Bbu
Vor
Tsm
Rgu
Bbbpu
Sbs
Rgs
Rgu
Ksm
Rsb
Asm
nsb
Gst
Pvg
Hal
Ssm
Sls
Wsp

Bml
Ptm
bbt
Rpp
Abd
Jmb
Jmb
Gsb
Pls
Mks
Rmb
Syp
sab
दाङ । दाङको देउखुरीमा आमाले आफ्नै १६ दिने बच्चाको घाँटी रेटी हत्याको प्रयास गरेकी छिन ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीले बुधवार दिउसो आफ्नै छोरीको हत्याको प्रयास गरेकी हुन । उनी आफै सुत्केरी भएर शिथिल अबस्थामा छिन । उनी घटनाबारे केही बोल्न चाहिनन् ।
घटना हो बुधबार दिउँसो ४ बजे तिरको । घरका सबै सदस्य काममै बिजि थिए । आमा भित्र बच्चा सँगै थिईन । उनको दिमागमा एक्कासी के उब्जियो ? उनी निर्दयी बन्न पुगिन । ९ महिना कोखमा राखिन तर १६ दिन अघि जन्माएको छोरीको आफै हत्याको प्रयास गरिन । दुखसुख सहेर आफैले यो सँसार देखाएकी आमाले बच्चाको हत्याको प्रयास कसरी गर्न सक्ला? सोच मग्न बिषय बनेको छ । समाज आश्चर्य चकित छ ।
तरकारी काट्ने चाकुले घाँटीमा रेटिएको छ । उनले बच्चालाई घर पछाडी लगेर घाँटी रेटिन । लगत्तै बच्चालाई बोकेर झाडी तिर जाँदा उनका देवर सुमन चौधरीले बच्चा रोएको आवाज सुने । अनि कुदेर बच्चा खोसे । सायद उनी बच्चा मर्यो भन्ने सोचले झाडीमा फाल्न जादै थिईन ।
देवरले तत्कालै बच्चालाई अस्पताल लगे । लमही अस्पतालमा सामान्य उपचार पछि घोराही रेफर गरिएको छ । चिकित्सकका अनुसार बच्चाको अबस्था गम्भीर छ ।
उनी आफै सुत्केरी पश्चात् बिरामी छिन । एकोहोरो भएकि छिन । उनमा पनि औषधी चलिरहेको छ । उनका माइजू अस्मती चौधरीका अनुसार गत २३ गते उनले आफ्नो बच्चालाई जन्म दिएकी हुन । सुत्केरी भएपश्चात अत्यधिक रक्तश्राब भएपछि चिकित्सकको सल्लाह अनुसार उनको थप उपचार नेपालगञ्जमा भयो । ३ दिनको उपचार पश्चात् उनी डिस्चार्ज भएर घर आईन । सबथोक राम्रै चल्दै थियो । तर आज यो दिन आईलाग्यो ।
उनका श्रिमान सिउ कुमार चौधरीले पनि घरमा दोस्रो सन्तानका रुपमा जन्मिएको भनेर खुसी भएको बताए । उनले भने श्रिमतीबाट घृणित घटना भयो, यस्तो सोचेकै थिएन, सब ठिक थियो, उनलाई के भयो एक्कासी सोच्नै सकिन । घाँटी रेटिएको बच्चा निरम र सिउकुमारको दोस्रो सन्तान हुन । उनिहरुको ३ बर्षिय अर्को छोरी पनि छन । उनको आर्थिक अबस्था कमजोर छ । एकोहोरो छिन । धेरै कुरा सोच्न सक्दिनन् त्यसैले पनि यस्तो अप्रिय घटना घट्यो कि भनेर समाजले आँकलन गर्न थालेको छ ।
त्यस्तै उनि अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा छिन ।
