
Lnp
Rgp
Ggp
Sgr
Pbu
Rgp1
pku
Srbpu
Unsku

Asm
Ggd
Vor
Tsm
Sbs
Rsb
Wsp
Bbu
Rgs
Rgu
Hal
Bbbpu
Sls
nsb
Rgu
Ksm
Ssm
Pvg
Gst

Bml
bbt
sab
Syp
Ptm
Gsb
Jmb
Jmb
Abd
Mks
Rmb
Pls
Rpp
काठमाडौं । इजरायलमा ज्यान गुमाउने नेपालीको शव यथाशीघ्र नेपाल ल्याउने संयन्त्रको निर्णय गरेको छ ।
सोमबार परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी द्वन्द्वमा परी मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो । यस्तै इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा गत शनिबार गरेको आक्रमणमा परी हालसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । इजरायलमा हाल करिब ५ हजारको हाराहारीमा नेपालीहरु विभिन्न पेशामा कार्यरत छन् ।
