Sidha Patra बिहिबार, आश्विन १८, २०८०

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा देउखुरी उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीलाई बुधबार एक कार्यक्रमको बीचमा स्वागत तथा सम्मान गरिएको छ ।

संघको १२ औं अधिबेशन तथा २० औं साधारणसभाबाट नव निर्वाचित पदाधिकारीहरुलाई खानेपानी संस्थाले एक कार्यक्रम आयोजना गरि स्वागत तथा सम्मान गरेकाे हो ।

खानेपानी संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे अध्यक्षता तथा नव निर्वाचित संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको प्रमुख आतिथ्यता र कार्यक्रममा उपस्थित सम्पूर्णलाई खादा तथा अबिर ओढाएर सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै ठकुरीले उद्योग ब्यवसायमा देखिएकाे संकट, ब्यपारीका समस्या,अटाे भिलेजलाई ब्यबस्थित गर्ने ब्यवसायीलाई पलायन हुन नदिनका लागि जुन सुकै रणनीति बनाएर अघि बढने कुरा ब्यक्त गर्नु भएकाे थियाे । यस्तै सम्पूर्ण निकायहरुलाई कार्य विभाजन गरिसकेकाे र आबश्यक रणनीति बनाएर जानका लागि टिम जुटिसकेकाे कुरा अध्यक्ष ठकुरीले जानकारी गराउनु भयाे ।

त्यस्तै अध्यक्षकाे आसनबाट बाेल्दै संस्थाका अध्यक्ष चाैधरीले खानेपानी र उद्योग बाणिज्य संघ सधै साथ सहयाेगि भएर समाजिक सेवामा लागेकाे संस्था भएकाे हुँदा सदैब उपभोक्ता ब्यपारी र ग्राहककाे हकहितकाे लागि काम गर्नु पर्ने कुरा बताउनु भएकाे थियाे । कार्यक्रममा संस्था कि उपाध्यक्ष सितादेबी चाैधरीले उपस्थिति सम्पूर्णलाई स्वागत मन्तब्यद्वारा सम्पूर्णलाई स्वागत गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण संस्थाका सचिब बसन्त आचार्यले गर्नु भएकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]