श्रवण कुमार यादव बुधबार, आश्विन १७, २०८०

दाङ । देउखुरीको राप्ती नदीकाे बिच भागको टापुमा फसेका एक पुरुषको सकुसल उद्दार गरिएको छ ।

मंगलबार साढे ५ बजेतिर लमही नगरपालिका वडा नम्बर ८ र राजपुर गाउँपालिका वडा नम्बर ३ को खरदरिया र गिधानिया भन्ने ठाउँको राप्ती नदीको बीच भागमा एउटा सानो टापुमा रहेका क्रममा बढेको नदीको बहावले फसेका राजपुर-३ खरदरिया निवासी शिव कुमार यादवलाई करिब ५ घण्टापछि रातीको १० बजे तिर सकुशल उद्धार गरिएको हो।

उक्त उद्धार कार्यमा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपतिदेवी यादव,ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक नवीन वली,प्रहरी चौकी बेलाका इन्चार्ज रकम खड्का,सशस्त्र प्रहरी बल ज्वालामाई नेपाल २९ नम्बर भालुबाङका स.प्र.नि.देबेन्द्र बुढाथोकी लगायतको नेतृत्वमा अर्जुन खोलाका सुरक्षाकर्मीहरु लगायत स्थानिय गाउँबासीकाे सहभागितामा सकुशल उद्धार गरिएको राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवि यादवले जानकारी दिनु भयो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]