
Srbpu
Gfs
Rgp
Pes
Sgr
Djs
Unsku
pku
Ses
Lnp
Rgp1
Pbu
cjs
Ggp

Rgs
Pvg
Wsp
Ggd
Rgu
Vor
Sbs
Bbu
Tsm
Asm
nsb
Ssm
Gst
Rsb
Sls
Hal
Ksm
Rgu
Bbbpu

sab
Bml
Mks
Jmb
Pls
Abd
Syp
Rmb
Jmb
Ptm
Rpp
Gsb
bbt
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरमा एकै खोरमा बाँधिएका ६ भेडा मृत फेला परेका छन्।
छुकु चौधरीले दशैका लागि पालेर राखेका ९ भेडा मध्ये ६ भेडा मृत देखेपछि आश्चर्यचकित परेका छन्। राती १२ बजेसम्म सबै ठिकठाक थिए आइतबार बिहान करिब ३ बजे हेर्दा ४ भेडा र २ भेडी गरी ६ वटा मरिसकेका थिए भने एक अचेत अवस्थामै छट्पटाई रहेको देखे। त्यहीँ खोरमा बाँधिएका अन्य २ भेडा भने सामान्य अवस्थामा रहेको तर कान र छातीमा कुनै जनावरले टोकेको जस्तो देखिन्छ पीडित चौधरीले भन्नु भयो ।
खबर पाएछि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा,ईलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन वली,गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत खेम चौधरी र पशु शाखाका कर्मचारी पुखेर घटनाको बारेमा बुझ्दा,चेकजाँच गर्दा,घटनाको प्रकृति हेर्दा कुनै वन्यजन्तुले आक्रमण गरी खाएको हुन सक्ने अनुमान गरिएको छ।
मृत ज्युँदा सबै भेडाको घाँटी र छातीमा खाएको देखिन्छ। खोरमा एउटा सानो पाठी र माउ भने जीवित रहेको छुकु चौधरीले जानकारी दिनुभयो। खोरमा भएकामध्ये एउटा बाख्राको छातीको भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको हो ।
अध्यक्ष यम नारायण शर्मा पाेख्रलको उपस्थितिमा ईलाका प्रहरी कार्यालय गढवाले मुचुल्कामा उठाएको छ। पालिकामा घटेको घटनाले आफु दुखित भएको बताउदै पालिका अध्यक्ष पोख्रेलले पालिकाबाट हुन सक्ने हरसम्भव मद्दत गर्ने आश्वासन दिनु भएको छ ।

