
Ses
Pbu
Sgr
Srbpu
Gfs
Lnp
Ggp
Rgp
Rgp1
Unsku
Pes
pku
Djs
cjs

Rsb
Rgu
Gst
Bbu
Rgs
Ksm
Bbbpu
Hal
Vor
nsb
Tsm
Sbs
Rgu
Sls
Wsp
Asm
Pvg
Ssm
Ggd

Pls
Rmb
Jmb
Abd
Syp
Gsb
Bml
bbt
Rpp
sab
Mks
Ptm
Jmb
काठमाडौं । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । पितृहरुको उद्दारका लागि अधिकांसले आफ्नै घरमा र कसै कसैले तिर्थस्थलमा समेत गएर श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने गरिन्छ ।
हिन्दु धर्म अनुसार प्रतिपदा तिथीदेखि दशैं सुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्धगरि तर्पण र पिण्ड दान दिईन्छ ।
यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो ।
त्यस्तै ज्योतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरुका लागि वर्षको दुई पटक श्राद्ध (पिण्डदान) गरिन्छ । सोह्र श्राद्धको अन्तिम दिनलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।
