
Srbpu
Pbu
Gfs
Sgr
Pes
Unsku
cjs
Lnp
pku
Ggp
Ses
Djs
Rgp
Rgp1

Tsm
Sbs
Asm
Ssm
Vor
Gst
Hal
Rgu
Rgu
Bbbpu
Rsb
Sls
Bbu
Ksm
Rgs
Ggd
Pvg
Wsp
nsb

Rmb
Bml
Pls
Gsb
Mks
Jmb
bbt
Ptm
Abd
sab
Jmb
Rpp
Syp
दाङ । देउखुरीको गढवा गाउँपािलका वडा नम्बर ३ काे खैरा गाँउबाट आजदेखि भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले बर्साै देखि जाेतभाेग गरिरहेकाे जग्गा लाई लाल पुर्जा विवरणकाे लागि नापजाँच गर्ने कार्य सुभारम्भ भएकाे छ ।
भुमिहिन दलित, सुकुम्बासी आयोग संग समन्वय गर्दै दाङ्को गढवा गाउँपालिकाले वडा नम्बर १ र २ को नापजाँच कार्य सम्पन्न गरेर आज वडा नम्बर ३ मा नाप नक्सा कार्य सुरु गरेको गढवा गाउँपालिका भूमि शाखाका सञ्जित पौडेलले जानकारी दिनुभयो । नाप नक्सा कार्य सुरु भएपछी बर्षौ देखी लालपुर्जा बिहिन नागरिकहरुलाई लालपुर्जा प्राप्त हुने आशा पलाएको भुमिहिनहरु बताउंछन् । यस भन्दा पहिले गढवा गाउँपालिकाले वडा नम्बर १ र वडा नम्बर २ मा नाप नक्सा कार्य पुरा गरिसकेको गढवा गाउँपालिका अमिन नारायण सुबेदीले जानकारी दिनु भयो । हाल सम्म वडा नम्बर १ मा १ हजार ५ सय ७ घरधुरीको नापजाँच गरिएको छ।
जसमा अव्यवस्थित १ हजार १ सय ५, भुमिहिन दलित ९५, भुमिहिन सुकुम्बासी ३ सय ७ गरी जम्मा २ हजार पाँच सय ५९ कित्ता नापजाँच गरिएको छ। जस्को क्षेत्रफल (हेक्टरमा) २ सय ७९ अर्थात् ४ सय १२ बिघा रहेको गढवा गाउँपालिका अमिन नारायण सुबेदीले जानकारी दिनुभयो। त्यसैगरी वडा नम्बर २ मा पनि १ हजार ८ घरधुरीको १ सय ६५ हेक्टर अर्थात् २सय ४४ बिघा जमिनको २हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको छ। जस अनुसार अव्यवस्थित ९ सय ३८, भुमिहिन दलित १९, भुमिहिन सुकुम्बासी ५१ गरी जम्मा २ हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको गढवा गाउँपालिका भुमी शाखाका सञ्जित पौडेलले बताउनुभयो ।
त्यस्तै यो आर्थिक वर्षमा नापजाँच सकाएर अरको आर्थिक बर्षमा लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । बुधबार वडा नम्बर ३ मा सुरु भएको नापजाँच कार्य शुभारम्भ कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ३ नम्बर वडाका वडा अध्यक्ष तुल्सीराम अधिकारी, वडा सदस्यहरु, भुमी शाखा प्रमुख सञ्जित पौडेल, अमिन नारायण सुवेदी, स्थानीयहरु लगायतकाको उपस्थिति रहेको थियो।

