Sidha Patra आइतबार, कार्तिक ०२, २०७७

दाङ । लुम्बिनी प्रदेशमा चाडपर्व दशैँ खर्चको व्यवस्था गरिएको छैन । अहिले सांसद तथा जनप्रतिनिधि र चाडपर्वको खर्चको चर्चा भइरहेको अवस्थामा लुम्बिनी प्रदेशका पालिकाका जनप्रतिनिधि लगायत मुख्यमन्त्री,मन्त्री,सभामुख,प्रदेश सभा सदस्य कसैले पनि अहिलेसम्म चाडपर्व खर्च लिएका छैनन् ।

यो साढे दुई वर्षकाे अवधिमा प्रदेश सरकारले बलियो जग हाल्न सफल भएको छ । यो अवधिमा आवधिक योजना निर्माण गर्दै त्यही आधारमा बजेट निर्माणको काम प्रारम्भ भएको छ’, मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ,‘यतिखेर जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा चर्चा हुन थालेको छ । लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री,मन्त्रीहरु,प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन ।’

यहीअनुसार माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्यहरु र पालिकाका जनप्रतिनिधिहरुले अहिलेसम्म चाडपर्व खर्च (दशैँ खर्च) नलिएको विज्ञप्तिमा भनिएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]