
Rgp1
Ggp
Lnp
Gfs
Srbpu
Djs
Rgp
Ses
pku
Unsku
Sgr
Pbu
cjs
Pes

Rsb
Rgu
Tsm
Ksm
Rgu
Rgs
Vor
Ggd
Ssm
Sbs
Bbbpu
Bbu
Sls
Pvg
Gst
Wsp
Asm
Hal
nsb

Jmb
Ptm
Bml
Pls
Gsb
Abd
Rpp
Rmb
Mks
bbt
sab
Jmb
Syp
दाङ । देउखुरीको गढवा गाउँपालिकाले गढवा गाउँपालिकामा एउटा पालिका स्तरीय नमुना सहकारी स्थापना गर्नका लागि आठ वटै वडामा प्रारम्भिक सहकारी भेला सुरु गरेको छ।
गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियाेजना अन्तरगत पालिका स्तरीय सहकारी गठनका लागि मंगलवार वडा नम्बर ६ गढवामा प्रारम्भिक बृहत भेला सम्पन्न भएकाे छ ।
दिगो उद्यमी महिला समूहकी अध्यक्ष जानकी भुसालको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता एवं गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र ६ नम्बर वडाका वडाध्यक्ष बिर बहादुर आले मगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
प्रारम्भिक सहकारी भेलामा गढवा गाउँपालिका वडा नम्बर ६ मा गठन भएको बिभिन्न मुल समुह तथा उपहार समुहहरुका सदस्यहरुको उपस्थित रहेको थियो। गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा पालिकाले विभिन्न कार्यक्रम गरिरहेको छ। बिशेष गरी श्रमजीवी बर्गका बिशेष गरी महिलाहरुलाई समेटेर आय आर्जन र स्वरोजगारको लागि बिशेष कार्यक्रमहरु चलाएको छ।
गढवा गाउँपालिका वडा नम्बर ६ मा सम्पन्न प्रारम्भिक भेलालाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकाका सम्पूर्ण दिदीबहिनीहरुलाई कसरी आत्मनिर्भर बनाउने,कसरी व्यवसायसंग जोड्ने र साथै थोरै लगानीमा धेरै कमाई गर्ने बारे बृहत छलफलपछि हेफर मोडलमा काम गर्नका लागि हेफर इन्टरनेसनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्रसंग साझेदारीमा सबै भन्दा ठुलो कार्यक्रम सञ्चालन गरेको बताउनु भयो।
हेफर प्रोजेक्टसंग साझेदारी गरेर गाउँपालिकाले ठुलो रकम लगानी गरेको बताउनु भयो । गाउँपालिकाका महिलाहरुलाई उद्यमी र आत्मनिर्भर बनाउदै महिला सशक्तीकरण गर्ने यो कार्यक्रमको थालनी गरेको स्पष्ट पार्नु भयो । युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न कृषि र पशुपालनमा पालिकाले बिशेष अनुदान दिने गरेको र भिटा परियोजनाले थप सहज हुने जानकारी दिनुभयो। साना किसान तथा युवा उद्धमशिलता विकाससंग संगै पालिका स्तरिय सहकारी निर्माण गरी सबै लाई सहकारीमा जोड्ने नियतले यो प्रारम्भिक सहकारी भेला सुरु गरेको बताउनु भयो।
त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले आफुहरु निर्वाचित भैसकेपछी पहिलो तर सबै भन्दा ठुलो भिटा परियोजना सञ्चालन गरेका छौ जुन पालिकाभरीका महिलाहरुलाई जोड्ने र आत्मनिर्भर बनाउने स्वरोजगार बनाउने योजना भएको बताउनुभयो। पछिल्लो समयमा युवाहरु प्लायन बढ्दो भएकोले महिलाहरु लाई आत्मनिर्भर बनाई उत्पादन र आर्थिक अवस्था सुधार गर्न यो कार्यक्रम महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । युवा पुस्तालाई देश मै रोजगारीको अवसर सिर्जना गर्न भिटा परियोजनाले ठुलो सहयोग पुग्ने बताउनुभयो । पालिकाका जनप्रतिनिधिहरुको सपना साकार पार्ने जिम्मा मुल समुह र उपहार समुहका दिदि बहिनीहरुको भएको बताउदै समूहमा तन मन बचनले लागे आत्मनिर्भर बन्न सकिने बताउनु भयो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६का वडा अध्यक्ष बिरबहादुर आले मगर,वडाहरु दिनमणी आचार्य,मोतीसरा बिक,गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्द,गढवा गाउँपालिका भिटा परियोजना संयोजक बसन्त कुमार शर्मा,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष ओभा पाठक,पारिजात महिला उद्धमी समूहका अध्यक्ष मधा न्यौपाने,दुर्गा उध्दमी महिला समुहका सुनिता रोका,भिटा परियोजनाका सहजकर्ता आशा श्रेष्ठ,कल्पना चौधरी, जया बिश्वकर्मा लगायतकाको उपस्थिति रहेको थियो।
त्यस्तै हरीयाली महिला उद्यमी समूह कोषाध्यक्ष माया समाल मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण भिटा परियोजनाका उद्यम विकास सहजकर्ता कैलाश चौधरीले गर्नु भएको थियो ।

