
Srbpu
pku
cjs
Rgp1
Unsku
Gfs
Rgp
Pes
Sgr
Pbu
Lnp
Ses
Djs
Ggp

Bbbpu
Hal
Rgu
Pvg
Gst
Tsm
Ssm
Asm
Vor
Rgs
Wsp
Sls
Rgu
nsb
Ggd
Bbu
Ksm
Sbs
Rsb

Jmb
bbt
Pls
Jmb
Bml
Abd
Ptm
Syp
Rmb
sab
Gsb
Rpp
Mks
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि दुई समूह चुनावी प्रचारमा होमिएका छन् ।
संयुक्त गठबन्धनको एउटा समूह र एमाले निकटस्थ ब्यवसायिहरुको अर्को समूह चुनावी रेसमा छन् । निर्वाचनमा आफूलाई कमजोर आँकलन गरेको एमाले निकटस्थ व्यवसायिहरुको समूहले भने इतर समूहका बारेमा भ्रामक सूचना प्रवाह गरेर व्यवसायिहरुलाई भड्काउने योजना बनाईरहेको छ । यसैक्रममा उक्त समूहले पर्यटनलाई मध्यनजर गर्दै जिल्लामा थालिएको एउटा अभियानलाई होटेल व्यवसायि समितिको समानान्तर समिति निर्माण गरेको भनेर अफवाह फैलाईरहेको छ ।
त्यस्तै होटेल एशोसिएशन अफ नेपाल नामक अभियानलाई उक्त समूहले होटेल व्यवसायिहरुको समानान्तर समिति भनेर गलत प्रचार गरिरहेको यो अभियानका जिल्ला संयोजक तथा गठबन्धनका तर्फबाट दाङ जिल्ला उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षका उम्मेदवार नरेशकुमार श्रेष्ठले जानकारी दिए । उनले निर्वाचनमा आफ्नो गलत प्रचार गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दुषित मनसाय पालिएको समेत बताए । ‘यो जिल्लाको पर्यटन अवस्थालाई मध्यनजर गरेर सञ्चालन गरिएको अभियान हो,’ श्रेष्ठले भने ‘तर बिपक्षी साथीहरुले होटेल व्यवसायिको समानान्तर समिति भनेर गलत प्रचार गरिरहनु भएको छ ।’ उनका अनुसार यो अभियान जिल्लाका होटेलहरुलाई पर्यटनमुखी बनाउन सञ्चालन गरिएको अभियान हो । बाहिय पर्यटकहरुलाई खान र बस्नका लागि होटेलहरुमा उचित वातावरण निर्माण गर्ने लक्ष सहित सञ्चालन गरिएको यो अभियानले जिल्लामा रहेका हरेक होटेलहरुको स्तर बृद्धिका लागि पहल थाल्ने लक्ष राख्ने बताए । ‘जिल्लामा रहेका सबै होटेलहरुलाई पर्यटक केन्द्रीत गर्न स्तरबृद्ध गर्ने लक्ष यो अभियानले राखेको छ,’ उनले भने ‘यसले निश्चित होटेल व्यवसायिहरुको प्रतिनिधित्व गर्दैन, यो जिल्लामा रहेका सबै होटेलहरुलाई कसरी पर्यटक केन्द्रीत गर्ने भन्ने महान अभियान हो ।’ उनले आम व्यवसायिहरुलाई समानान्तर समिति भनेर गरिएको गलत प्रचार प्रति बिश्वास नगर्न समेत अनुरोध गरेका छन् ।
जिल्लाका होटेलहरुलाई पर्यटक बस्नका लागि उपयुक्त बासस्थानका रुपमा स्तरबृद्धि गर्ने यो अभियान स्वरुप नै जिल्लाका होटेल व्यवसायिहरुलाई तालिम समेत दिईएको बताए । उनका अनुसार केहि समय अघि मात्रै यो अभियान अन्तर्गत घोराहीमा हाउसकिपिङको तालिम सम्पन्न गरेको छ । ‘यो तालिमको लक्ष र उदेश्य भनेकै यहाँका होटेलहरुलाई पर्यटकका लागि उपयुक्त थलो बनाउने नै हो,’ उनले भने ‘हामीहरुले जिल्लाका सबै होटेलहरुलाई यस्ता खालका तालिमहरु आयोजना गर्ने लक्ष राखेका छौँ ।’ यसैगरि उनले अब कुक र वेटर समबन्धी तालिम तत्कालै गर्ने योजना समेत रहेको बताए ।
‘जिल्लामा आउने पर्यटकहरुलाई उचित सेवा सुविधा प्रदान गर्ने हेतुले प्रोत्साहनका लागि थालिएको अभियान कसरी गलत हुन्छ र ?’ उनले भने ‘प्रदेशको स्थायी राजधानी दाङ भैसकेको अवस्थामा अब यहाँ आउने पर्यटकहरुलाई उचित वातावरणमा बासको व्यवस्था गर्नु हामी सबैको दायित्व हो नि, यहि दायित्व बोधका लागि यो अभियान सुरु गरिएको हो ।’ उनले यो अभियानको बारेमा फैलाईएको अफवाह प्रति भ्रममा नपर्न सबैमा आग्रह समेत गरे ।
