
pku
Pbu
Lnp
Unsku
Gfs
Sgr
Rgp1
Djs
Srbpu
Ggp
cjs
Ses
Pes
Rgp

Ksm
Tsm
Pvg
Ssm
Vor
Rgu
nsb
Bbu
Bbbpu
Gst
Sbs
Ggd
Wsp
Asm
Rgu
Rgs
Sls
Hal
Rsb

Jmb
Abd
bbt
Jmb
Gsb
Syp
Pls
Rmb
Ptm
sab
Bml
Rpp
Mks
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीसँग राप्ती प्रेस मञ्चले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चले सोमवार राप्ती गाउँपालिकाको बैठक हलमा कार्यक्रम गरेको हो । परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाबासी जनताले अनुभुती गर्ने गरि शान्ति सुरक्षा कायम गर्न निश्पक्ष, स्वतन्त्र र कसै प्रति पुर्वग्राही नराखेर सुरक्षा प्रदान गर्ने बताएका छन् ।
त्यस्तै उनले हरेक सरकारी तथा गैरसरकारी निकायहरुलाई पारदर्शी र निश्पक्ष तरिकाले काम गर्ने वातावरण बनाउन तथा सुशासन कायम गर्ने कुरामा जिल्ला प्रशासन कार्यालय सदैव दत्तचित्तका साथ अगाडी बढ्ने बताएका छन् । उनले विकास निमार्णको अनुगमनलाई समेत पारदर्शी तरिकाले अगाडी बढाउने त्यसका लागि नियम, कानुन र विधि विधानमा रहेर हरेक निकाय सँग समन्वय गरेर अगाडी बढ्ने बताएका छन् ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज शर्मा,राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली,मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता,प्रथम उपाध्यक्ष बासुदेव न्यौपाने, साधार सदस्यहरु विदुर एमसी,लालमणि भुसाल, श्रीधर कडेल,मुक्तिराम पौडेल प्रशिक्षार्थी पत्रकारहरु मोतीराम भट्टराई र हरि भण्डारीको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
