
Srbpu
Lnp
Gfs
Unsku
Ses
Rgp1
Djs
Rgp
pku
Pes
Ggp
cjs
Sgr
Pbu

Wsp
Asm
Rgs
Rgu
Vor
Rsb
Rgu
Ssm
Pvg
Bbu
Sbs
Sls
Bbbpu
Hal
Ksm
Tsm
Ggd
nsb
Gst

Pls
bbt
Syp
Mks
Abd
Gsb
Jmb
Bml
Rmb
sab
Jmb
Rpp
Ptm
काठमाडौं । हेटौंडाबाट अवैध मदिारा सहित ५ जना भारतीय नागरिकहरु पक्राउ परेका छन् ।
भन्सार छली ल्याइएको ८ सय ५५ बोतल विभिन्न ब्राण्डका मदिरा सहित उनीहरुलाई हेटौंडा–१५ रातोमाटे चौकीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पश्चिमी दिल्ली बस्ने वर्ष २७ का विक्की, वर्ष २५ का राहुल, वर्ष २८ का कुनाल, वर्ष ३१ का नहिम र वर्ष ३७ का राजु छन् ।
गत असोज ५ र ६ गते २ वटा कारमा फल्स बटम बनाएर मदिरा ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनु भयो । उहाँका अनुसार असोज ५ र ६ प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकपोष्ट अगाडि सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा अवैध मदिरा बरामद गरिएको थियो ।
त्यस्तै चितवनबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डीएल २ सीएके १३९० र डीएल २ सीएके ७२७३ नम्बरको भारतीय कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएका रोयल ग्रीन ह्विस्की ३७५ एमएलका ७१५ बोतल र १८० एमएलका १४० बोतल बरामद भएको प्रहरी उपरीक्षक रिजालले बताउनु भयो ।
यस्तै उक्त बरामद मदिरासहित कार र पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको उहाँले बताउनु भयो ।
भारतको हरियाणाबाट उत्पादित उक्त मदिरा नवलपरासीको नाकाबाट नेपाल भित्रिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार नवलपरासीबाट चितवन हुँदै हेटौंडा आइपुगेको उक्त कारको डिक्कीमा फल्स बटम बनाइ मदिरा ढुवानी गरिएको थियो । भारतको बिहारमा मदिराजन्य पदार्थ बन्देज भएकाले नेपालको बाटो हुँदै रक्सौल नाकाबाट उक्त मदिरा भारतको बिहार पुर्याउने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।रातोपाती
