
sbs
Gfs
Srbpu
Ggp
Unsku
Rgp
Rgp1
Lnp
pku
Sgr
Pbu
Pes
Djs
cjs

Pvg
Rgu
Sbs
Asm
Gst
Hal
Wsp
Vor
Ksm
Sls
Ssm
Rsb
Rgs
nsb
Tsm
Ggd
Rgu
Bbbpu
Bbu

Abd
bbt
sab
Pls
Syp
Ptm
Rpp
Jmb
Gsb
Jmb
Bml
Mks
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा लगातार तेस्रो पटक पनि उत्कृष्ट अंक सहित दाङ जिल्ला प्रथम हुन सफल भएको छ ।
स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको हो । त्यसैगरी घोराही उपमहानगरपालिका दोस्रो, शान्तिपुर गाउँपालिका तेश्रो भएको छ ।
स्वास्थ्य कार्यालय दाङको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रममा राप्ती गाउँपालिकालाई उत्कृष्ट घोषित गरिएको हो । अन्य पालिका मध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा सबै भन्दा राम्रो बनाएको आधारमा एक कार्यक्रमका बीच उत्कृष्ट भएको घोषणा गर्दै प्रमाण पत्र प्रदान गरिएको छ ।
गत आर्थिक वर्षमा पालिकाहरुले स्वास्थ्य कार्यक्रमका गरेको कामको मुल्यांकन गर्न स्वास्थ्य कार्यालय दाङका किशोर आचार्यको संयोजकत्वमा गठित समितिले उत्कृष्टता घोषणा गरेको हो । खोप कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, परिवार नियोजन कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित प्रदेशको २१ वटा सूचक र स्वास्थ्य कार्यालय दाङको ५ वटा सूचकलाई आधार बनाएर उत्कृष्ट घोषित गरिएको संयोजक किशोर आचार्यले बताए ।
राप्ती गाउँपालिकाले ८३ दशकलव ८९ प्रतिशत मुल्याङ्कन सहित उत्कृष्ट भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए ।
उत्कृष्ट भएका पालिकाहरुलाई जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा लगायतले प्रमाण पत्र हस्तान्तरण गरे । कार्यक्रममा जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए ।
