
Ses
Rgp
Rgp1
Lnp
Gfs
pku
Srbpu
Pes
cjs
Pbu
Ggp
Djs
Sgr
Unsku

Vor
Ksm
Rgu
Tsm
Sbs
Wsp
Bbu
Asm
Rgs
Pvg
Sls
Rsb
Hal
nsb
Ggd
Ssm
Gst
Rgu
Bbbpu

Bml
Mks
Abd
sab
Rpp
Jmb
Syp
Ptm
Gsb
bbt
Pls
Rmb
Jmb
दाङ । छाडा पशु चौपाया पीडित र नगरपालिकाविच आज छलफल भएको छ । छलफलमा छाडा पशु चौपायाले स्थानीयलाई पुर्याएको हानि नोक्सानीप्रति लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले नगरपालिकाको ध्यानाकर्षण भएको बताउनु भयो ।
वडा नम्बर ६ का कार्यबाहक वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको नेतृत्वमा गएको एक टोलीसंग कुराकानी गर्दै योगीले छाडा पशु चौपायाहरु व्यवस्थापन गर्ने कुरामा नगरपालिका गम्भीर भएर लागेको जानकारी गराउनु भयो । छाडा पशु पिडितको गुनासो सुनेर कार्यबाहक नगर प्रमुख योगीले भोलिनै ति पशुहरुलाई लमही नगरपालिका वडा नम्बर ९ रिहारमा रहेको गौशालामा लगिने बताउनु भयो ।
लमही क्षेत्रमा जहाँ छाडा पशु चौपायाले स्थानीयलाई सास्ती दिईरहेका छन तुरुन्तै नगरपालिकामा खबर गर्न पनि योगीले अनुरोध गर्नु भएको छ । हामीले ति पशु चौपायालाई नगरपालिकाकै रेखदेखमा व्यवस्थापन गर्छौं’- उहाँले भन्नु भयो ।
त्यस्तै खत्री नेतृत्वमा गएको टोलीले छाडा पशुहरुले किसानका बालीनालीमा ठुलो क्षति पुर्याएको भन्दै छिटो भन्दा छिटो नगरपालिकाले व्यवस्थापनमा ध्यान दिनु पर्ने बताएका थिए । लामो समयदेखि लमही नगरपालिका-६ का मध्यनगर, खैरी, लंगडी, कस्यपुर र ढिकपुरमा छाडा पशुहरुको बिगबिगी छ। लगाएको खेतीपाती राम्रोसंग स्याहार्न समेत नपाएको किसानहरुले गुनासो गर्दै आएका छन।
