
Srbpu
Rgp
Lnp
cjs
Gfs
Pes
Ggp
Unsku
Rgp1
pku
Pbu
Djs
Sgr
Ses

Hal
Ssm
Rgs
Wsp
Rgu
Rsb
Gst
Rgu
Ggd
Sbs
Tsm
Ksm
Vor
Asm
Sls
Pvg
Bbu
nsb
Bbbpu

Abd
Ptm
Mks
Rmb
bbt
Gsb
Jmb
Bml
Syp
sab
Rpp
Pls
Jmb
दाङ । दाङ जिल्लाको दुई कारागारबाट २२ जना कैदीबन्दीको कैद मिनाह भएको छ ।
संविधान दिवसको अवसरमा घोराही र तुलसीपुर कारागारबाट २२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनु भयो ।
प्र जिअ सुवेदीका अनुसार घोराही कारागारबाट ८ जना र तुलसीपुर कारागारबाट १४ जना गरी २२ जना कैदीबन्दीको कैद मिनाह भएको हो । जसमध्य घोराही कारागारबाट कर्तव्य ज्यानका २ , सवारी ज्यानका २ र चोरी मुद्दाका ४ गरी ८ जना कैदीबन्दीको कैद मिनाह भएको हो । घोराहीबाट कैद मिनाह हुनेमा आठै जना पुरुष कैदीबन्दी रहेका छन् ।
त्यसैगरी तुलसीपुर कारागारबाट एक जना महिलासहित १४ जना कैदीबन्दीको कैद मिनाह भएको प्रजिअ सुवेदीले बताउनु भयो । कैद मिनाह भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा छोडिएको प्रजिअ सुवेदीले जानकारी दिनु भयो । ५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीको बाँकी कैद मिनाह भएको कारागार प्रशासनले जनाएको छ ।
