
Sgr
Pes
pku
cjs
Djs
Srbpu
Gfs
Ses
Ggp
Rgp1
Unsku
Pbu
Rgp
Lnp

Bbbpu
Sbs
Rgu
Bbu
Wsp
Hal
Rgu
Pvg
nsb
Rgs
Tsm
Ggd
Ksm
Gst
Asm
Rsb
Sls
Ssm
Vor

Bml
sab
Pls
bbt
Syp
Rpp
Jmb
Abd
Ptm
Rmb
Mks
Jmb
Gsb
काठमाडौं । हरितालिका तीज व्रतको तयारी स्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा जुटेका छन् ।
परम्परा अनुसार दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदै छ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा रहेको छ ।
त्यस्तै दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् । दर रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउनु भयो ।
आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
