
Lnp
Sdc
Msbus
Ksbus
Rgp
Ggp
Ggp
Ksbus
Asbus


दाङ । पछिल्लो समय चाडवाडमा मौलाउदै गएकी विकृतिलाई रोक्नका लागि अब हरेक पर्वमा नेपालि संस्कृति झल्किने खालको कार्यक्रम तय गर्नु पर्ने जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष चेतना चौधरीले बताउनु भयो ।
लमही नगरपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सो कुरा बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी उपाध्यक्ष चौधरीले भन्नु भयो “चाडवाडलाई भड्किलो गराउनु हुँदैन, हाम्रो पहिचान, हाम्रो मौलिकतालाई बिर्सेर पश्चिमा संस्कृतिलाई अंगाल्नु हुँदैन”।
त्यस्तै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले दिदीबहिनीहरुले बेदना पोख्ने पर्वको रुपमा चिनिने तीजलाई सभ्य तरिकाले मनाउन सबैलाई आग्रह गर्नु भयो । पहिले पहिलेका तीज गीतमा समाजमा घट्ने घटनालाई टपक्क टिपेर जस्ताको गाउने गरिन्थ्यो, महिलाले पाएको पीडाका गीत पोखिन्थ्यो तर अहिले पश्चिमा संस्कृतिले नेपाली समाजमा जडो गाडेको छ, यो राम्रो होइन, यसले हाम्रो मौलिकता हराउदै जान लागेको छ”- कार्यबाहक नगर प्रमुख योगीले भन्नु भयो।
कार्यक्रममा मादल र बासुरीको तालमा महिला दिदीबहिनी छमछमती नाचेका थिए । स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नका लागि स्थानीय कलाकारको एक टोलीलाई प्रस्तुतिका लागि बोलाइएको थियो । नगरपालिकाको तीज विशेष कार्यक्रममा तीजको दर ( खाजाको परिकार) लमही स्थित न्यु ओम स्विट्स हाउसले सौजन्य गर्दिएको थियो ।
त्यस्तै तीज विशेष कार्यक्रममा सहभागी भएका महिला दिदीबहिनीलाई कार्यबाहक नगर प्रमुख योगीले मायाको चिनो स्वरुप छुरा, पोते प्रदान गर्नु भएको थियो । कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङक उपाध्यक्ष चेतना चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झन्डै २ सय महिलाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण नगरपालिकाकी प्रेस सलाहकार लिला शाहले गर्नु भएको थियो ।
