
Sssbus1
ssbus
Gsl
Ssbus
Ssbus
tssbus
nsm
Ssbus
Sssbus1
Pbu

Vor
Bbbpu
Asm
Ssm
Tsm
Rsb
Bbu
Rgs
nsb
Pvg
Rgu
Rgu
Ksm
Wsp
Sls
Sbs
Hal
Ggd
Gst

Jmb
Syp
Bml
Jmb
Ptm
bbt
Gsb
Rmb
Rpp
Mks
sab
Pls
Abd
दाङ । आयाम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड प्रधान कार्यालय गढवा दाङको नवौ बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओम प्रकाश बस्यालको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गर्नुभएको हो ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सहकारी संस्थाहरु नाफामुखि मात्र नभएर सेवामुखि पनि हुनुपर्ने औंल्याउनु भयो । सहकारी ऐन, नियमावली र मूल्यमान्यता अनुरुप जिल्लाका केहि सहकारीहरु सञ्चालन हुन नसक्दा नकारात्मक परिणाम भोगिरहेको बताउदै उपाध्यक्ष चौधरीले गढवा क्षेत्रमा अब्बल दर्जामा आयाम सहकारीले उदाहरणीय काम गर्न सकेको बताउनुभयो । सहकारी संस्थाहरु अब स्थानीय सरकारको माताहतमा आएको भन्दै नियमन र अनुगमनको पाटोलाई स्थानीय सरकारले प्रभावकारिता दिने बताउनुभयो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापा, दाङ जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण गौतम, जिल्ला सहकारी बैंक दाङका डिल्लीराज दाहाल, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर, हृदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्य, जनप्रतिनिधीहरु गोबिन्द रोका, कमला नेपाली, गाउँपालिका सहकारी शाखाका प्रतिनिधी सत्यपाल यादव, गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम गहतराज, चेतनशिल महिला समाज केन्द्र दाङका अध्यक्ष सकुन्तला डिसी, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा, र परि कृषि सहकारी संस्थाका अध्यक्ष दामोदर ढुंगाना लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव श्याम बहादुर चौधरीले संस्थागत प्रतिवेदन र बार्षिक निती कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कालीप्रसाद चौधरीले आय–ब्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी प्रबन्धक सिता नेपालीले बार्षिक अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थागत योगदानमा महत्वपुर्ण भूमिका खेलेको भन्दै पत्रकार तथा सहकारीकर्मि किरण शाहलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारी, असल ऋणि र असल बचतकर्ताहरु लाई सम्मान गरिएको थियो ।
बिगत ९ बर्ष अघि स्थापना भएको यस सहकारी संस्थाका शेयर सदस्यहरु १५२२ जना रहेको, प्रधान कार्यालय देउखुरीको गढवामा रहेको र शाखा कार्यालय सेवाकेन्द्रको रुपमा राजपुरको जंग्रहवा र गढवाको कालाकाटेमा सञ्चालनमा रहेको बताईएको छ । यस बर्षदेखि देउखुरीको लमहीमा पनि शाखा कार्यालय बिस्तार गरि सेवा प्रबाह गर्ने योजना रहेको संस्थाका अध्यक्ष ओंमप्रकाश बस्यालले जानकारी दिनुभयो ।
त्यस्तै हालसम्म २ करोड ७५ लाख बढीको कारोवार गरिसकेको यो सहकारी संस्थाको कार्यक्षेत्र दाङ जिल्लाभर रहेको र भबिश्यमा जिल्लाका महत्वपुर्ण शहरहरुमा समेत कार्यालय खोली सेवा विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष बस्यालले बताउनुभयो । यसैबिच संस्थाको चारबर्षे कार्यकालका लागि सर्बसम्मत नेतृत्व चयनको प्रकृया अगाडी बढाउने स्रोतले बताएको छ ।
संस्थाका लेखा प्रमुख बालीका पौडेलको स्वागत मन्तब्यबाट प्रारम्भ भएको अधिवेशनको सहजीकरण सचिव श्याम बहादुर चौधरीले गर्नुभएको थियो ।

