
pku
Gfs
Rgp
Pbu
Srbpu
Djs
Lnp
Rgp1
Unsku
Ses
Pes
cjs
Sgr
Ggp

Hal
Vor
Ggd
Rsb
Sbs
Gst
Ksm
Sls
Tsm
Pvg
Asm
Rgu
Bbbpu
Wsp
Bbu
nsb
Rgs
Rgu
Ssm

Rmb
Ptm
sab
Rpp
Jmb
Gsb
Mks
bbt
Pls
Jmb
Bml
Abd
Syp
दाङ । देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ गौतमबुद्ध टोल निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही टोल निवासी १६ वर्षिय बालकलाई मंगलवार ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको छ ।
गत भदौ १५ गते ती बालिकालाई बालकले एकान्त ठाउँमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले जानकारी दिएका छन् । उक्त घटना भदौ १५ गते भएपनि भदौ १७ गते राति मात्र ती बालिकाले गुप्ताङ साह्रै दुखेको आफ्नी माईजुलाई भनेपछि घटना सार्वजनिक भएको हो ।
घटना बाहिरिएपछि पीडित परिवारले भदौ १७ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले जाहेरी मंगलवार दर्ता गरी मंगलवारनै ती बालकलाई पक्राउ गरेको प्रहरी निरीक्षक सिंहले बताएका छन् । पक्राउ परेका बालकलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ । भने बुधवार अदालत बन्द हुने भएकाले विहिवार अदालतबाट म्याद थप गरि अनुसन्धान प्रक्रियालाई अगाडी बढाउने प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् ।
त्यस्तै बालिकाको स्वास्थ्य परिक्षणका लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् । बालिकाको बुवाआमा मजदुरीका लागि देश बाहिर रहेकाले उनी आफ्ना अपाङ्ग हजुरबुवा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।
