ओमप्रकाश गुप्ता बुधबार, भाद्र २०, २०८०

दाङ । देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ गौतमबुद्ध टोल निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही टोल निवासी १६ वर्षिय बालकलाई मंगलवार ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको छ ।

गत भदौ १५ गते ती बालिकालाई बालकले एकान्त ठाउँमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले जानकारी दिएका छन् । उक्त घटना भदौ १५ गते भएपनि भदौ १७ गते राति मात्र ती बालिकाले गुप्ताङ साह्रै दुखेको आफ्नी माईजुलाई भनेपछि घटना सार्वजनिक भएको हो ।

घटना बाहिरिएपछि पीडित परिवारले भदौ १७ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले जाहेरी मंगलवार दर्ता गरी मंगलवारनै ती बालकलाई पक्राउ गरेको प्रहरी निरीक्षक सिंहले बताएका छन् । पक्राउ परेका बालकलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ । भने बुधवार अदालत बन्द हुने भएकाले विहिवार अदालतबाट म्याद थप गरि अनुसन्धान प्रक्रियालाई अगाडी बढाउने प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् ।

त्यस्तै बालिकाको स्वास्थ्य परिक्षणका लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् । बालिकाको बुवाआमा मजदुरीका लागि देश बाहिर रहेकाले उनी आफ्ना अपाङ्ग हजुरबुवा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]