
Unsku
Sgr
Rgp1
cjs
Rgp
pku
Pbu
Ggp
Srbpu
Djs
Ses
Lnp
Pes
Gfs

Ssm
nsb
Rgu
Sls
Rgs
Ggd
Pvg
Wsp
Asm
Sbs
Gst
Tsm
Ksm
Vor
Hal
Rgu
Bbbpu
Rsb
Bbu

Ptm
Bml
Rpp
Jmb
bbt
Pls
sab
Jmb
Rmb
Abd
Mks
Syp
Gsb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज रैली गरि मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस मनाइएको छ।
कृष्णनगर नगरपालिका, शान्ति पुनर्स्थापना गृह,आफन्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर,सशस्त्र प्रहरी बल कृष्णनगर,साना हातहरु,नेपाल आशिष सामाजिक सेवा केन्द्र लगायतको आयोजना तथा महेन्द्र माध्यमिक विद्यालय, सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूल,होटल व्यवसायी संघ कृष्णनगरको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस नगरपालिकाको कार्यालय देखि बजार भ्रमण गर्दै कृष्णनगरको गोलघर रैली समाप्त गरियो।
गोलघरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस कार्यक्रम कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको अध्यक्षता तथा प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ता, अतिथि हरूमा वडा सदस्य राहुल मोदनवाल, बसन्ती जीसी, केशर विश्वकर्मा लगायात विभिन्न संघ संस्थाका प्रतिनिधि तथा राष्ट्र सेवक कर्मचारी हरू रहेका थिए । कार्यक्रममा आफन्त नेपालकी कृष्णनगर शाखा प्रमुख भरोसा खतिवडाले शुभकामना मनतव्य राखेकी थिइन।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष रमेश गौतमले उपस्थित सबैलाई कार्यक्रम सफलताको शुभकामना दिदै हामी सबै मिलेर मानव बेचबिखन तथा ओसारपसार विरूद्ध लागेर सभ्य सामाज निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवसको अवसरमा हस्ताक्षर अभियान समेत संचालन गरिएको जानकारी कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, भद्रभलादमी, स्थानीय, सुरक्षाकर्मी, शिक्षाप्रेमी, विद्यार्थी, सरोकारवाला लगायत हरूको बृहत उपस्थित रहेको जानकारी होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरेले जानकारी दिए । कृष्णनगर नगरपालिका रोजगार तथा राजश्व शाखा प्रमुख ईश्वरी प्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए।
